हुन्डाईकाे नयाँ वर्ष योजना सार्वजनिक,५ लाखसम्म नगद छुट

काठमाडौं । हुन्डाई माेटर्सकाे आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको छ । यो योजना यही चैत १३ देखि साेमबारबाट सुरु भएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा थप २ लाख रुपैयाँ सम्मको छुट,नयाँ वर्ष बोनस ८० हजार रुपैयाँसम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा समेत पाउनेछन् ।

हुन्डाईका सबै गाडीहरुमा ३ वर्षकाे वारेन्टी र ६ वर्षको फ्रिसर्भिसिङ रहेकाे कम्पनीले जनाएको छ ।

हुण्डाईले गत महिना मात्रै नेपाली बजारमा भेन्यु र निओस् फेसलिफ्ट माेडल लन्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनै पनि ह्याचब्याक,कम्प्याक्ट एसयुभी, एसयुभी तथा ईभी खरिद गरि फाइदा लिन सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।


Back_to_top