हुन्डाईले सार्वजनिक गर्‍यो सोनाटा हाइब्रिड, यस्तो छ विशेषता

हुन्डाई मोटर्सले सोनाटा हाइब्रिड ग्लोबल लन्च गरेको छ । कम्पनीले विश्वमै पहिलो एक्टिभ सिफ्ट कन्ट्रोल (एएससी) प्रविधि र सोलार रुफ सिस्टम सहित सोनाटा हाइब्रिडमा सार्वजनिक गरेको हो ।

नयाँ र अत्याधुनिक डिजाइन सहित आएको सोनाटा हाइब्रिडमा रेयर सपोइलर, अलोय ह्वीललगायत विभिन्न विशेषता दिइएको छ । हुन्डाई मोटर्सले सोलार रुफ सिस्टम पहिलो पटक सोनाटा हाइब्रिडमा प्रयोग गरेको हो । यो सिस्टमबाट व्याट्री रिचार्ज हुनेछ । यसरी रिचार्ज हुँदा यात्रा दूरी वार्षिक १ हजार ३ सय किलोमिटरसम्म बढ्ने कम्पनीले जनाएको छ ।

यो कारमा भएको हुन्डाई कन्ट्रोल युनिटले गेयर सिफ्ट गर्न ३० प्रतिशत छिटो हुनेछ । सोनाटा हाइब्रिडमा डिजिटल की, लेन फलो असिस्टजस्ता विशेषता समेत छन् । सो कारमा जी २.० लिटर जीडीआइ एचइभी इन्जिन र ६ स्पीड हाइब्रिड अटोमेटिक ट्रान्समिसन रहेको छ ।


Back_to_top