यस्तो हुने छ नयाँ मारुती सुजुकी इग्नीस

मारुती सुजुकीले सन् २०१७ मा पुनः ल्याएको इग्नीसको फेसलिफ्ट मोडल २०२० को दोस्रो क्वाटरमा ल्याउने भएको छ । योसँगै यसको नयाँ परिमार्जित तस्विर अटोकार यनिडयाले छाप्दै लेखेको छ, ‘यूवावर्गलाई ध्यानमा राखेर ल्याइएको यो मोडलले सोचे अनुरुप व्यापार गर्न नसकेपनि यसको फेसलिफ्ट मोडल युवालाई जोड्न सक्नेगरी आउला ।’

अब कम्पनीले फेसलिफ्ट इग्नीसको ग्रिल केही समयअघि बजारमा आएको एस–प्रेसोको जस्तै बनाएको छ । साथै, इग्नीसको अगाडि र पछाडिको बम्परसमेत एस–प्रेसोबाट लिएको छ । त्यस बाहेकको सबै डिजाइन अहिले बिक्री भइरहेको इग्नीस जस्तै निर्माण गरिएको छ । कम्पनीले हेडलाईट, टेललाईट पनि नियमित मोडलबाटै लिएको छ । 

यसमा कम्पनीले भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुरुपमो इन्जिन दिएको जनाइएको छ । जुन स्विफ्ट र बलेनोमा पनि प्रयोग भइरहेको छ । १.२ लिटर फोर सिलिण्डर इन्जिनले ८३ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्नेछ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइने छ ।


Back_to_top