इलेक्ट्रीक कारमा नयाँ रिभोलुसन, ९०० भोल्ट प्लेटफर्ममा बन्यो ‘एलएस-६’

काठमाडौं । विद्युतीय कार बनाउन एड्भान्स टेक्नोलोजी प्रयोगमा कम्पनीहरू बीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ ।

यसैबीच, चीनको एसएआइसी ग्रुपले एआइएम ब्राण्डको नयाँ मोडल एलएस-६ लाई ९०० भोल्ट आर्किटेक्चर प्लेटफर्ममा बनाएर बजारलाई नयाँ चुनौती पेस गरेको हो ।

कम्पनीले प्रयोगमा ल्याएको ९०० भोल्ट आर्किटेक्चरको कारण कारलाई १५ मिनेट चार्ज गर्दा ५७० किलोमिटर गुडाउन पुग्ने रिचार्ज हुन्छ । यसले विद्युतीय कारमा रहेको रेन्ज एन्जाइटीलाई सहजै हटाउने छ ।

चिनियाँ बजारमा ३१ हजारदेखि ४० हजार अमेरिकी डलरसम्म मूल्य तोकिएको एलएस-६ मोडल कुप्पे डिजाइन एसयूभी हो । कम्पनीले यसमा ३.० इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम दिएको छ । यसको अटो पाइलट फङ्गसन निकै पावरफुल रहेको कम्पनीको दाबी छ । उक्त टेक्नोलोजीले म्यापबिना पर्फमेन्स गर्न सक्छ ।

कम्पनीले यसलाई रियर ह्वील र अल ह्वील ड्राइभ अप्सनमा ल्याएको छ । भेरियन्ट अनुसार मोटर र ब्याट्री फरक रहेको कारमा २१६ किलोवाटदेखि ५७९ किलोवाटसम्मका मोटर छ् । जबकी ब्याट्री साइजको आधारमा ७५ किलोवाट आवरदेखि १०० किलोवाट आवरसम्मका ब्याट्री पाउन सकिन्छ । रेन्ज पनि सीएलटीसीका अनुसार ६२५ देखि ८०२ किलोमिटरसम्म रहेको छ ।


Back_to_top