एकातर्फ विदेशी ब्रान्डले भारतीय बजारमा दबदबा कायम गर्ने प्रयास गरिरहेका छन् भने अर्कोतर्फ कतिपय कम्पनीहरु भारत आएर सवारी उत्पादन गरि निर्यातमा समेत अब्बल भइरहेका छन् ।
यस मानेमा भारत एसियाको अटो हब बन्दै छ भन्दा फरक नपर्ला । भारतको स्वतन्त्राता दिवसको अवसर पारेर नवभारत टाइम्सले भारतमा आई सवारी उत्पादन गरेर निर्यातमा अब्बल दर्जा हासिल गर्न सफल भएका सवारी मोडलका बारेमा उल्लेख गरेको छ ।
१. मारुती सुजुकी बलेनो

बलेनो मारुती सुजुकीको निक्कै चर्चित कार हो । यो भारतबाट निर्यात हुने कार मध्येमा अब्बल रहेको छ । मारुती सुजुकीको बलेनो एसिया तथा युरोपमा समेत निर्यात हुने गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने बलेनोमा १.० लिटर बेस्टरजेट, थ्री सिलिन्डर पेट्रोल इन्जिन, १.२ लिटर फोर सिलिन्डर डुअलजेट पेट्रोल इन्जिन र १.२ लिटर डुअलजेट पेट्रोल इन्जिन रहेको छ ।
त्यस्तै इन्डियन मोडलमा १.२ लिटर पेट्रोल इन्जिन सिरिज र १.३ लिटर डीडीआइएस डिजेल इन्जिन रहेको छ । बलेनोमा ५ स्पिड म्यानुअल, ४ स्पिड अटोमेमिक, ६ स्पिड अटोमेटिक र सीभीटी अटोमेटिक ट्रान्समिसन रहेको छ ।
२. फोर्ड इकोस्पोर्ट

फोर्डले इकोस्पोर्ट एसयूभी भारतको चेन्नइमा रहेको प्लान्टबाट उत्पादन गर्दै आएको छ । फोर्डले पहिलो पटक २०१३ मा भारतबाट युरोपतर्फ निर्यात सुरु गरेको थियो । २०१५ देखि फोर्डले इकोस्पोर्ट दक्षिण अफ्रिका, जापान, अस्ट्रेलियालगायत बजारमा निर्यात गर्दै आएकोमा २०१७ देखि अमेरिकामा समेत भारतबाटै लान सुरु गरेको छ । ईकोस्पोर्ट १.५ लिटरको थ्री सिलिन्डर ड्रागन सिरिज पेट्रोल इन्जिन, १.५ लिटर डिजेल इन्जिन र १ लिटर ईको इन्जिनमा निर्यात गर्दै आएको छ ।
३. जिप कम्पास

जिप इन्डियाको एसयूभी कम्पासले छोटो समयमा भारतमा चर्चा मात्र बटुलेको छैन आफ्नो उपस्थितिसमेत मजबुत बनाएको छ । फियाट क्रिस्टलरको स्वामित्व रहेको जिपले भारतमा २०१७ मा कम्पास सार्वजनिक गरेको हो । हाल जिप कम्पास भारतमा उत्पादन भइ युके, जापान, थाइल्यान्ड, अस्टे«ेलियालगायत मुलुकमा निर्यात हुँदै आएको छ ।
भारतमा उत्पादित जिप कम्पासमा दुई इन्जिन अप्सन १.४ लिटर ४ सिलिन्डर टर्बो चार्जड मल्टियर पेट्रोल र २ लिटरको ४ सिलिन्डर टर्बोचार्जड मल्टिजेट डिजेल इन्जिन रहेको छ ।
४. फोर्ड फिगो

फोर्ड फिगो मारुतीको बलेनो जस्तै गरि उत्पादन भइरहेको छ । भारतमा उत्पादित फिगो युरोप, दक्षिण अफ्रिका, मध्य पूर्व लगायतका देशमा निर्यात हुँदै आएको छ । हाल यो कार तीन इन्जिन अप्सन १.२ लिटर पेट्रोल इन्जिन, १.५ लिटर पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ ।
५. हुन्डाई भर्ना

प्यासेन्जर भेइकल सेगमेन्टमा हुन्डाई मारुती सुजुकीपछि चर्चित ब्रान्ड हो भारतीय बजारमा । भारतबाट हुन्डाईका धेरै मोडलहरु निर्यात हुँदै आएका छन् । हुन्डाइको भर्ना ५ जेनेरेसनको मोडल उत्पादन भइरहेको छ ।
निर्यात हुने यो मोडल चेन्नई प्लान्टमा उत्पादन हुन्छ । सेडान सेगमेन्टको भर्ना दक्षिण अफ्रिका, ल्याटिन अमेरिका, मिडलइस्ट लगायतका मुलुकमा निर्यात हुने गरेको छ । भर्ना ४ इन्जिन अप्सन १.४ लिटर पेट्रोल, १.६ लिटर पेट्रोल, १.४ लिटर डिजेल र १.६ लिटर डिजेल इन्जिमा उपलब्ध छ ।
त्यस्तै भर्ना ६ स्पिड म्यानुअल र अटोमेटिक दुवैमा उपलब्ध छ, साथै भर्ना ६ स्पिड म्यानुअल र अटोमेटिक दुवैमा गियरमा उपलब्ध छ ।

