भारतीय बजारमा विश्वका ठूला सवारी उत्पादक कम्पनीहरूले प्लान्ट स्थापना गरेका छन् । ती कम्पनीहरूले भारतीय बजारका साथै अन्य बजारमा समेत निर्यात गर्ने उद्देश्यले काम गर्दैआएका छन् । भारतबाट २०१८ को जुनमा धेरै निर्यात भएका १० कारहरू
जनरल मोटर्स बिट

जनरल मोटर्सले भारतीय बजारमा बिट कार बिक्री गर्न छाडेको छ । तर, यो कार जुन महिनामा भारतबाट सबैभन्दा धेरै निर्यात हुने सूचीको पहिलो नंबरमा रहेको छ । जुनमा बिट भारतबाट २० हजार ५ सय ४३ वटा निर्यात भएको छ ।
फोर्ड इकोस्पोर्ट

त्यस्तै, भारतबाट दोस्रो धेरै निर्यात हुने कारमा फोर्डको इकोस्पोर्ट रहेको छ । यो कार जुनमा २० हजार ५ सय ११ वटा निर्यात भएको छ ।
फक्सवागन भेन्टो

भारतबाट फक्सवागनको भेन्टो जुनमा १७ हजार ९ सय ९२ वटा निर्यात भएको छ । जुनमा धेरै निर्यात हुने सवारीको सूचीमा भेन्टो तेस्रो स्थानमा रहेको छ ।
हुन्डाई ग्रान्ड आइटेन

हुन्डाईको ह्याचब्याक कार आइटेन भारतबाट निर्यात हुने कारको सूचीमा चौथो स्थानमा रहेको छ । हुन्डाईले भारतबाट ग्रान्ड आइटेन जुलाईमा १५ हजार ३ सय ३ वटा निर्यात गरेको छ ।
फोर्ड फिगो

जुन महिनामा फोर्डको फिगो ११ हजार ९ सय ९५ वटा निर्यात भएको छ । धेरै निर्यात हुने कारको सूचीमा पर्न सफल फोर्डको यो दोस्रो कार हो, जुन पाँचौं स्थानमा रहेको छ ।
हुन्डाई क्रेटा

हुन्डाई क्रेटा एसयूभी भारतबाट धेरै निर्यात हुने दोस्रो मोडल हो । ग्रान्ड आइटेनपछि हुन्डाईको क्रेटा धेरै निर्यात हुन्छ । समग्र सूचीमा छैटौं नम्बरमा रहेको क्रेटा जुनमा ८ हजार ६ सय ७२ वटा निर्यात भएको छ ।
मारुती सुजुकी बलेनो

२०१८ को जुनमा मारुती सुजुकीको बलेनो ८ हजार ६९ वटा निर्यात भएको छ । यो कार भारतबाट धेरै निर्यात हुने कारको सूचीमा सातौं स्थानमा रहेको छ ।
निसान सन्नी

जुनमा निसानको सन्नी ६ हजार २ सय ९३ वटा निर्यात भएको छ । यो जुनमा धेरै निर्यात हुने कारको मस्तीमा आठौं नम्बरमा रहेको छ ।
मारुती सुजुकी इग्निस

मारुती सुजुकीको इग्निस धेरै निर्यात हुने कारको सूचीमा नवौं स्थानमा रहेको छ । यो कार जुन महिनामा ५ हजार २ सय ३१ वटा निर्यात भएको छ ।
हुन्डाई एक्ससेन्ट

हुन्डाईको एक्ससेन्ट जुनमा ५ हजार १ सय ७३ वटा निर्यात भएको छ । यो १० धेरै निर्यात हुने कारको सूचीमा १० औं स्थानमा रहेको छ ।


