भीआइपी सवारीका नाममा हुने सास्ती हटाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले विशिष्ट व्यक्ति (भीआइप)को सवारीको क्रममा सडक खाली गर्ने परम्परा हटाउन निर्देशन दिएका छन् ।

पदभारपछि गृहमन्त्रालयमा आयोजित कार्यक्रममा उनले भीआइपीको सवारीको नाममा सडक खाली गर्ने र जनतालाई घण्टौंसम्म जाममा राखेर सास्ती दिने काम अन्त्य गर्न निर्देशन दिएका हुन् ।

उनले अब त्यस्ता कार्य स्वीकार्य नहुने स्पष्ट पारेका छन् । उनले यस सम्बन्धी कार्यविधि परिमार्जन गर्न गृह सचिवलाई आग्रह समेत गरेका छन् ।

उनले अबदेखि कुनै पनि भीआइपीको सवारीका कारण अत्यावश्यक सेवाका साधन नरोकिने सुनिश्चित गर्नुपर्ने बताए । भीआइपी सवारीका कारण बाटोमै एम्बुलेन्स अड्किने, सुत्केरी व्यथा लागेका महिलाहरूले सडकमै छटपटिनुपर्ने अवस्थाले लोकतन्त्रकै उपहास गरेको उनको भनाइ छ ।


Back_to_top