आयो पहिलो लट जे-६, उपत्यका बाहिर बुकिङ सुरू, कहिले पाउँछन् ग्राहकले ?

काठमाडौं । जेको जे-६ नाडा अटो शोबाट निकै राम्रो संख्यामा बुकिङ उठाउन सफल मोडल हो । लाइफ स्टाइल एसयूभी सेग्मेन्टमा आएको जे-६ को पहिलो लट नेपाल प्रबेश गरेको हो ।

अहिले गाडी आइरहेको र उपत्यका बाहिर डिलरकोमा पठाउन सुरु भएको छ । सबै डिलरहरुले टेष्ट ड्राइभ र बुकिङ सुरु गर्दैछन्, आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले जनाएको छ ।

‘गाडीहरु आउन थालेका छन् । भोलिबाटै पोखरामा बुकिङ र टेष्ट ड्राइभ सुरु हुँदैछ । अर्को लट आउने वित्तिकै बुकिङ गरेर बस्नु भएका ग्राहकलाई डेलिभरी दिन्छौं । त्यसको लागि थप १५ दिन जति लाग्न सक्छ’, कम्पनीका कार्यकारी निर्देशक गौरब सारडाले भने ।

यस्तो छ जेको जे-६ एसयूभी

अफरोड इलेक्ट्रीक भेहिकल जेको जे-६ मा ६५.६९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । उक्त ब्याट्रीलाई एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्म चलाउन सकिन्छ ।

जेकोले अहिले रियर ह्वील ड्राइभमा मात्रै उपलब्ध गराएको जे-६ एसयूभी चाँडै रियर ह्वील ड्राइभमा पनि उपलब्ध हुनेछ । यसको रियर ह्वील ड्राइभ भर्सनमा १३५ किलोवाट क्षमताको मोटर उपलब्ध छ ।

जे–६ एसयूभीको सबै लाइट एलइडी छ । साथै, कारको सम्पूर्ण लाइटदेखि स्टेरिङसम्म आई आकारलाई ब्राण्डिङ गरिएको छ । पछाडि ढोकामा झुन्डाएर छुट्टै स्टोरेज दिएको छ । यसले समग्र एसयूभीकै टुल बक्सले यसको डिजाइनमा नयाँपन दिएको छ । आकर्षक डिजाइनमा बनेको १९ इन्चको ह्वील, २२० एनएम टर्क र २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको कारण यसलाई अफरोड बाटाहरुमा सजिलै गुडाउन सकिने छ ।

अफरोड एसयूभी डिजाइनमा भएर पनि पानारोमिक शनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डिउल जोन एसी, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ९।२ इन्चको इन्ट्रुमेन्टल क्लस्टर, वायरलेस चार्जर, ३६० डिग्री क्यामरा, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ वटा एयरव्याग, क्यामरा वेसको लेवल–२ एडास, भेहिकल स्टेबिलीटी कन्ट्रोल, फ्रन्ट र रियरको पार्किङ सेन्सर जस्ता फिचर छन् ।


Back_to_top