एजेन्सी । आठ दशकभन्दा बढी समयदेखि स्वतन्त्रता (फ्रिडम) र साहसिक क्रियाकलाप (एड्भेन्चर)को पर्यायका रुपमा रहँदै आएको जीप ब्रान्ड लगातार २० औं पटक अमेरिकाको ‘सबैभन्दा बढी देशभक्त ब्रान्ड’ घोषित भएको छ । ‘ब्रान्ड की’ले गरेको ‘मोस्ट पेट्रियटिक ब्रान्ड सर्भे’ मा जीप ब्रान्ड लगातार २० औं वर्ष अमेरिकाको सबैभन्दा ‘देशभक्त ब्रान्ड’ घोषित भएको हो ।
‘जीप क्लासिक ब्रान्ड हो । जीपले समाहित गरेको राष्ट्रप्रेमको मूल्य अनन्त जस्तै भान हुन्छ । १० वर्षदेखि ‘ब्रान्ड की’ले सबैभन्दा देशभक्त ब्रान्ड सर्वेक्षण गर्दै आएको छ र उपभोक्ताले जीपलाई १ नम्बरमा राख्दै आएका छन्,’ ब्रान्ड किका अध्यक्ष तथा संस्थापक रोबर्ट पेसिकफले भने, ‘देशप्रेमको यो मूल्यकै कारण ग्राहक मानसिक रुपमा जीप ब्रान्डप्रति आशक्त छन् । ग्राहकको ‘पर्चेज डिसिजन’लाई ब्रान्डको राष्ट्रप्रेमले पनि प्रभावित पर्छ । झण्डाले आफ्नो उत्पादनलाई बेर्नु र वास्तविक देशभक्त ब्रान्ड बन्नुबीचको भिन्नता ग्राहकलाई राम्ररी थाहा छ । जीपले अमेरिकी जनताको त्यो विश्वास जितेको छ । यो वर्ष पनि यो पद जितेकोमा जीपलाई बधाई !’
‘ब्रान्ड कि’ले १६ देखि ६५ वर्ष उमेरका ५८ सय उपभोक्तामा सर्वेक्षण गरेर ‘इमोसनल इन्गेजमेन्ट मिजर’ प्रयोग गरेर ११ सय ७२ ब्रान्डबारे प्रश्न सोधेको थियो । यो सर्वेक्षणमा जीप ‘सबैभन्दा बढी देशभक्त ब्रान्ड’ बन्न सफल भएको हो ।
‘अमेरिकी सेनाको विशेष आग्रहकमा सन् १९४१ मा बनेको आइकनिक ४ बाई ४ क्षमताको जीप आफ्नो अद्वितीय सैन्य सम्पदाप्रति गर्व गर्छ,’ जीप उत्तर अमेरिका प्रमुख जिम मोरिसनले भने, ‘जीप ब्रान्ड विश्वभरी नै आउटडोर एड्भेन्चर र फ्रिमको पर्याय बनेको छ । र विगत दुई दशकदेखि यो अमेरिकाकै सबैभन्दा बढी देशभक्त ब्रान्ड बन्न सफल छ । जीप कम्युनिटी र हाम्रो स्वतन्त्रताको संरक्षण गर्ने सबैका कारण यो सम्भव भएको हो ।’


