ब्रेकमा समस्या आएपछि २ लाख ९० हजार जीप रिकल

काठमाडौं । फियाट–क्रिसलर अटोमोबाइलले अमेरिकन बजारबाट जीप कम्पास लगायतका मोडल रिकल गरेको छ । कम्पनीले संसारभरबाट २ लाख ९० हजार यूनिट सवारीसाधन रिकल गरेको हो । 

कम्पनीले रिकल गरेका मोडल अन्तर्गत २०१८ डज जर्नी, २०१९ जीप ग्रान्ड चेरोकी, २०१८–२०१९ ग्रान्ड क्याराभान र जीप कम्पास रहेका छन् । जसमा अमेरिकन बजारबाट निक्कै ठूलो संख्यामा गाडी फिर्ता गरिएको छ । 

कम्पनीले ब्रेक सिस्टमको पार्टस स्पेसिफिकेशन्सलाई परिमार्जन गरेको थियो । जसको ब्रेक फ्लुडमा ग्यास बवल्स बन्न थालेपछि कम्पनीले गाडी रिकल गरेको हो । तर, उक्त समस्याबाट कुनै आकस्मिक दुर्घटना भने भएको छैन । 

अब कम्पनीले सवारी मालिकलाई सुचितगर्दै गाडीको समस्या समाधानगरी ब्रेक फ्लुड रिप्लेस गर्ने जनाएको छ । 

चार देशमा उत्पादन हुन्छ जीप कम्पास 

अमेरिकामा बिक्री भैरहेको जीप कम्पास मेक्सिकोमा मौजुद टोलुका प्लान्टबाट उत्पादन भएको हो । कम्पास ब्राजिल, म्याक्सिको, चीन र भारत निर्माण गर्नेगर्छ । कम्पनीले भारतको पुणे स्थित रंजनगांव प्लाँन्टबाट राइड ह्यान्ड ड्राइभ कार निर्माण  गर्दै आएको छ ।

भारतीय जीप कम्पासमा भने कुनै समस्या नदेखिएको कम्पनीले जनाएको छ । कम्पनीले भारतमा नोभेम्बर २०१७ मा १२०० युनिट्स एयर ब्यागसहितको जीपकम्पास रिकल गरेको थियो । 

जीपले भारतमा राम्रो पकड जमाएको छ । यसले जुन महिनामा २५ सय युनिट्स उत्पादन गरेको थियो । कम्पनीले आगामी दिनमा भारतमा टे«लहक भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ । 


Back_to_top