जीप र्याङलरले पायो क्रयास टेष्टमा १ स्टार रेटिङ्ग (भिडियोसहित)

नयाँ जेनेरेशनको जीप र्याङलर एसयूभीले क्रयास टेष्ट परिक्षणमा निराशाजनक परिणाम हात पारेको छ । यूरोपियन न्यू कार एसिस्मेन्ट प्रोगाम (एनक्याप)ले गरेको क्र्यास टेष्टमा जीप र्याङलरले १ स्टार रेटिङ मात्रै पाएको हो । 

चौथो जेनेरेशनको जीप र्याङलर यसैवर्षको शुरुवाति समयमा सार्वजनिक भएको एसयूभी हो । यूरो एनक्यापका जेनेरल सेक्रेटरी माइकल भेन रेटिन्गेनले यो नयाँ कारमा सेफ्टी फिचर एकदमै कम रहेको भन्दै सबैलाई आश्चर्यमा पारेका थिए । 

सुरक्षाका दृष्टिकोणले कमजोर देखिएको नयाँ एसयूभीमा अटोमेटिक इमर्जेन्सी सिस्टम, लेन किपिङ एसिस्ट, ब्लाइन्ड स्पोट मनिटरीङजस्ता फिचरहरु नरहेको पाइयो ।

 

यूरो एनसीएपीको डाटा अनुसार, नयाँ जेनेरेशनको जीप र्याङलर एडल्ट सेफ्टीको लागि जम्मा ५० प्रतिशत र रोड युजर प्रोटेक्शनमा ४९ प्रतिशत सुरक्षित रहेको रिपोर्ट बाहिर आएको छ । यसमा एईबी र कर्टन एयरब्याग नहुँदा ३२ प्रतिशत अंक गुमाउनु परेको थियो । 


Back_to_top