काठमाडौं । चिनियाँ ब्राण्ड केईको आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटीले २२ लाख ९६ रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको इक्यूट-०२ ह्याचब्याक कार २० लाख ९६ हजार रुपैयाँमै बिक्री गर्दै आएको छ ।
चिनियाँ ब्राण्ड केईको निकै उत्कृष्ट ह्याचब्याकको रूपमा रहेको इक्यूट-०२ ‘थ्री डोर’ मोडल हो । सहरी क्षेत्रको लागि डिजाइन भएको इक्यूट-०२ मा ५ जनाले यात्रा गर्न सक्छन् । तर, पछाडि २ जना र अगाडि २ जना बसेर यात्रा गर्ने हो आरामदायी हुनेछ ।
मूल्य २१ लाखभन्दा कममै उपलब्ध भएपनि गाडीको रेन्ज निकै राम्रो छ । यसमा रहेको २८.०८ किलोवाट आवरको ब्याट्रीले सिएलटीसी ड्राइभिङ साइकलले ३०० किलोमिटर रेन्ज देखाएको छ । नेपाली सडकमा २६० किलोमिटर माथि रेन्ज पाइने टेस्ट ड्राइभहरूमा भेटिएको छ ।
सानो कार भएपनि यसमा फिचरको कुनै सम्झौता भएको छैन । यसमा १५ इन्चको ह्वील पाउन सकिन्छ । ३६० डिग्री क्यामेरा, ४० किलोवाटको पावरफुल मोटर रहेको इक्यूट-०२ थ्री डोर ह्याचब्याक नेपाली सडक सुहाउँदो देखिएको छ ।
तीन दिन एक्सचेन्ज क्याम्प
कम्पनीले आफ्नो प्रोडक्ट लाइनअपमा रहेका केई इक्यूट-०२, इक्यूट-०४ र एक्सथ्री प्रो एसयूभीलाई लक्षित गर्दै तीन दिनको लागि एक्सचेन्ज क्याम्प लगाएको छ ।

थापाथलीमा रहेको नेपाल राष्ट्र बैंकको अपोजिटमा भइरहेको एक्सचेन्ज क्याम्प आज चैत २७ गते शुक्रबारदेखि २९ गते आइतबारसम्म चल्नेछ ।
कम्पनीले एक्सचेन्ज क्याम्पलाई लक्षित गर्दै नगद छुट, एक्सचेन्ज सुविधा, अटो प्लस इन्स्योरेन्स, ६ वर्षको निःशुल्क सर्भिस सुविधा, ८ वर्षको वारेन्टी र ३.३ किलोवाटको चार्जर दिइरहेको छ ।

