काठमाडौं । कियाले आफ्नो सोल इभीबाट सुरु गरेको इलेक्ट्रीक यात्रालाई तिब्र गतिमा अगाडि बढाएको छ । कम्पनीले सोलपछि निरो र त्यसपछि इभी ६ बजारमा ल्याएको थियो । अब चाँडै इभी ९ बजारमा ल्याउने छ ।
कम्पनीले आफ्नो इभी रेन्जको सबैभन्दा ठूलो एसयूभी आगामी वर्ष यूरोपबाट विक्री सुरु गर्ने योजना बनाएको छ । कम्पनीले यसको कन्सेप्ट अघिल्लो वर्ष नै देखाएको थियो ।
इभी सिक्सको प्लेटफर्म ‘ई-जीएमपी’ मा बनाउन लागेको इभी ९ पनि ८०० भोल्ट आर्किटेक्चरमा तयार हुनेछ । इभी सिक्सको तुलनामा ठूलो, लामो र फराकिलो साइजमा आउने इभी ९ मा दिइने ब्याट्रीलाई फुल चार्जगर्दा ४८२ किलोमिटरसम्म चलाउन सकिन्छ ।
कियाले इभी ९ मा २६ इन्च लामो डिस्प्ले दिनेछ । त्यसमा इन्ट्रुमेन्ट क्लष्टर र इन्फोटेन्टमेन्स सिस्टम दुबै उपलब्ध रहने छ । इभी ९ को लम्बाई ४९३० एमएम रहने छ भने यसमा ३१०० एमएमको ह्वीलवेस रहने छ ।

