किया मोटर्सले उत्पादन गरेको क्रसओभर एसयूभीको तस्विर सार्वजनिक भएको छ । परिक्षणका क्रममा उक्त गाडी दिएको हो । उक्त एसयूभीको नाम किया सेल्टोस राखिएको छ । कम्पनीले सो एसयूभी किया एसपी–२ आई कन्सेप्टमा उत्पादन गरेको हो ।
यो एसयूभीको भारतमा भने अर्कै नाम हुन सक्ने अनुमान गरिएको छ । यो गाडी कियाले सोलभन्दा केही ठूलो र स्पोर्टेज भन्दा केही सानो हुने गरि बनाएको छ ।
यो गाडी टाइगर नोज ग्रिल, एलइडी हेडलाइट, एलइडी फग ल्याम्प, पुल टाइप डोर ह्यान्डललगायत विशेषता रहेको छ । त्यस्तै यो एसयूभी टर्बो पेट्रल इन्जिन, फोर ह्वील ड्राइभ अप्सनमा समेत आउने छ ।

किया सेल्टोसमा ठूलो आकारको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, इन कार वाइफाइ जस्ता सेगमेन्ट फस्ट विशेषता समेत उपलब्ध हुनेछ ।

यो एसयूभी १.५ लिटर पेट्रोल र डिजेल इन्जिनमा बीए–६ स्ड्यान्डर्डमा आउनेछ । दुवै इन्जिनमा अटोमेटिक तथा म्यानुअल ट्रान्समिसन आउने छ । त्यस्तै सेल्टोस १ सय ४० एचपी सहित १.४ लिटर टर्बो पेट्रोल इन्जिनमा आउने छ जसमा ७ स्पीड डुअल क्लच अटोमेटिक गियर बक्स हुनेछ । भारतीय बजारमा यो गाडीको मूल्य १० देखि १६ लाख भारु पर्ने अनुमान गरिएको छ ।


