नेपालकाे लागि हिड्याे किया सेल्टोस

काठमाडौं । किया मोटर्सका लागि नेपालको आधिकारीक बितरक कन्टीनेन्टल ट्रेडिङले आयात गर्न लागेको कियाको सेल्टोस आन्द्र प्रदेशको प्लान्टबाट नेपालका लागि हिडेको छ । कम्पनीले विभिन्न ५ भेरियन्टमा नेपाल ल्याउन लागेको कियाले भारतमा बनाएको पहिलो एसयूभी सेल्टोसको मूल्य केहि अगाडि  सार्वजनिक गरिसकेको छ । कम्पनीका एजीएम अनिस लामिछानेका अनुसार यही महिनाकाे अन्त्यसम्ममा  नेपाल आईपूग्नेछ ।

कम्पनीले २ पेट्रोल र ३ डिजेल भेरियन्ट नेपालमा बिक्री गर्ने भएको छ । जसमा एचटीके र एचटीके प्लस भेरियन्ट पेट्रोलमा छ भने डिजेलमा एचटीके प्लस, एचटीके प्लस अटोमेटीक र एचटीएक्स प्लस भेरियन्ट ल्याउने भएको छ । 

कम्पनीले सेल्टोसको सुरुवाति मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकेको छ भने टप भेरियन्टको एचटीएक्स प्लसको मूल्य ६६ लाख ९० हजार तोकेको छ ।

कम्पनीले डिसेम्बर अन्त्यसम्मा नेपाली बजारमा ल्याउने तयारी भएको सेल्टोसको बुकिंङ नाडा अटो शो २०१९ बाट सुरु गरेको थियो ।

नाडामा बुकिङ गर्ने ग्राहकले सेल्टोस ४३ लाख ९० हजार निर्धारण गरेर बुकिङ लिइएको थियो । अब लिने ग्राहकले भने त्यो मूल्यमा नपाउने भएका छन् । तर, नाडामा बुकिङ गर्ने ग्राहकले भने त्यहि स्पेशल मूल्यमा पाउने कम्पनीले जानकारी दिएको छ ।  

कियाको नयाँ एसयूभी सेल्टोसले टाटा एच५, हुन्डाई क्रेटा, जीप कम्पाससँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । सेल्टोसमा सेगमेन्टकै पहिलो ८ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टच स्क्रिन लगाइएको एसयूभी हो । 

सेल्टोसमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोड जस्ता विशेषता रहेका छन् ।

यस एसयूभीमा १७ इन्च अलोय ह्वील, स्टाइलि एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्प रहेको छ । इन्जिनको कुरा गर्दा सेल्टोस १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल  १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध हुने छ ।


Back_to_top