काठमाडौं । अष्ट्रियाको मोटसाइकल उत्पादक कम्पनीले ड्यूक २५० एडभेञ्चर मोडल सन् २०२० मा नै बजारमा ल्याउने चर्चा सुरु भएको छ । कम्पनीले केही समयअघि ड्यूक ३९० एडभेञ्चर बजारमा ल्याइसकेको छ ।
यस्तोमा कम्पनीले ल्याउने २५० एडभेञ्चर निकै चर्चामा रहेको छ । यो कम्पनीको इन्ट्री लेवल एडभेञ्चर मोडल हुने छ । इआइसीएमए २०१९ मा यसको कन्सेप्ट सार्वजनिक भएको थियो ।
यसमा कम्पनीले २५० सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन प्रदान गर्नेछ । उक्त इन्जिनले अधिकतम ३० बीएच पावर र २४ एनएम टर्क प्रदान गर्छ ।
नेपालमा भने कम्पनीले ड्यूक ३९० एडभेञ्चर बजारमा ल्याउने तयारी गरिरहेको थियो । अहिले कोरोना भाइरसको कारण लकडाउन रहेकाले कुनै प्रकृया अगाडि बढेको छैन ।
नेपालमा केटीएमका मोटरसाइकल गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलास चन्द एण्ड कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।

