देशभरका १ दर्जन स्थानबाट पाइन्छ केवाइसी भ्यानका सम्पूर्ण सेवा

काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको जनाएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै केही व्यक्ति वा कम्पनीले निजी स्वार्थका लागि भ्रामक सूचना सम्प्रेषण गराएको भन्दै उक्त भ्रममा नपर्न आफ्ना ग्राहकलाई आग्रह गरेको हो ।

कम्पनीले केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको बिक्री वितरणमा अवरोध पुर्याउने, वारेन्टी तथा अफ्रटर सेल्सको सुबिधाबाट बन्चित गराउने नियतका भ्रामक समाचार/विज्ञापन सम्प्रेषण गर्दै अन्योल सृजना गरिएको प्रति गम्भीर आपत्ति जनाएको छ ।

उक्त तथ्यहीन भ्रामक सूचनाको पछि नपरी ग्राहकले देशभरका ड्रिम्स मोबिलिटीका सेवा केन्द्रहरूबाट केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको बिक्री वितरण, वारेन्टी, स्पेयर्स र आफ्टर सेल्सका सम्पूर्ण सेवाहरू लिन सक्ने कम्पनीले जनाएको छ ।

देशभर कम्पनीका सेवा केन्द्रहरू धनगढी, सुर्खेत, नेपालगंज, दाङ, बुटवल, पोखरा, काठमाडौं, भक्तपुर, वीरगंज, लहान, इटहरी, बिर्तामोडमा रहेका छन् ।

ड्रिम्स मोबिलिटीले २१ जुलाइ २०२५ देखि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यान बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top