काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनीहरू अटोनोमस ड्राइभिङको लेभल थ्रीमा जाने भएका छन् । चिनियाँ सरकारको अनुमतिसँगै स्टार्टअप न्यू इनर्जी भेहिकल ब्राण्डहरूले लेभल थ्री अटोनोमस सिस्टमको परीक्षण सुरू गरका हुन् ।
अहिले प्रयोगमा रहेको लेभल टु अटोनोमसमा ड्राइभिङ सिस्टममा ठूलो परिवर्तन गर्दै चालकको भूमिका घटाउने गरी नयाँ सिस्टम परीक्षणमा आएको हो ।
चिनियाँ सरकारी निकायका अनुसार एक्सपेङ मोटर्सले ग्वाङ्झाओमा लेभल थ्री अटोनोमस प्रविधिको सडक परीक्षण गरिरहेको छ । विभिन्न मिडिया रिपोर्ट अनुसार बीवाइडीले १ लाख १५ किलोमिटर परीक्षण गरिसकेको छ ।
त्यस्तैगरी, ली अटोले लेभल थ्री अटोनोमस प्रविधिको परीक्षण चीनको राजधानी बेइजिङमा गरिरहेको छ । उक्त परीक्षणको लागि सरकारले रुट नै तोकिदिएको छ ।
ह्वावेले हार्मोनी इन्टेलिजेन्ट मोबिलीटी अलायन्ससँगको सहकार्यमा सेन्जेनमा लेवल ३ अटोनोमस सिस्टम आन्तरिक रूपमा परीक्षण गरिरहेको जनाएको छ । कम्पनीले अन्य सवारीसाधन गुड्ने सडकमै परीक्षण गर्नु अघि विकास आन्तरिक परीक्षण गर्न भइरहेको जनाएको छ ।
चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयले चांगानको दीपल एसएल–०३ र बीएआइसीको आर्कफक्स अल्फा एसलाई सर्तसहित सडकमा चलाउन अनुमती दिएको थियो । चांगान र आर्कफक्स चीनको पहिलो आधिकारिक अटोनोमस ड्राइभिङ सिस्टम लेभल थ्री सवारी निर्माता भएका छन् ।
चिनियाँ सरकारी नियामक निकायले ‘इन्टेलिजेन्ट कनेक्टेड भेहिकल’को लागि निश्चित सर्त तोकेको छ । जसमा सुरक्षा, टेक्निकल पाटो र बलियो परीक्षण विधि र संचालनमा केन्द्रित हुनेगरी उत्पादकलाई तयार हुन भनेको छ ।
चालकले के-के गर्नु पर्दैन ?
लेभल टु अटोनोमस ड्राइभिङ सिस्टमको तुलनामा लेभल थ्री निकै एड्भान्स छ । यसमा चालकले निश्चित कुरामात्रै गर्दा गाडी आफैँ चल्न सक्छ । लेभल थ्री अटोनोमस ड्राइभिङमा चालकले स्टेरिङ कन्ट्रोल, ब्रेकिङ र एस्सिलरेटर गर्नु पर्दैन । यसमा कार आफैँले गर्नेछ ।
माथि उल्लेख भएका काममा पनि केही सर्तहरू भने रहने छन् । त्यसैले चालकको भूमिका लेभल थ्रीमा पनि कायम रहन्छ । यसमा चालकले धेरैजसो समय स्टेरिङबाट हात बाहिर लान सक्छन् । तर, कारले सचेत गरेसँगै पुन: स्टेरिङ कन्ट्रोल गर्नुपर्ने हुन्छ ।
लेभल ३ अटोनोमस प्रविधिमा एड्भान्स सेन्सर, लाइडार, क्यामरासँगै आर्टिफिसियल इन्टेलिजेन्टको प्रयोग व्यापक हुनेछ । केही कम्पनीले अहिल्यै लेभल फोर परीक्षणमा ल्याएका छन् । तर, ती सेल्फ ड्राइभ ट्याक्कसीको लागि प्रयोग हुनेछन् ।
पूर्णरूपमा चालक बीना गाडी चलाउन भने लेभल ६ अटोनोमस ड्राइभिङ सिस्टमसम्म पुग्नेगरी कार निर्माताहरूले काम गरिरहेका छन् ।

