काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट नामले चिनिने महिन्द्राले ६३ हजार ५१० युनिट एसयूभी बिक्री गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलानामा २५ प्रतिशतले आफ्नो बिक्री बढाएको हो ।
महिन्द्राले २०२५ जनवरी महिनामा ५० हजार ६५९ युनिट एसयूभी बिक्री गरेको थियो । सन् २०२५ मा निकै प्रष्टसँग हुन्डाई र टाटा मोटर्सलाई उछिनेर दोस्रो स्थान बनाएको महिन्द्रा नयाँ वर्षमा पनि बलियो देखिएको छ ।
महिन्द्राको थार, बोलेरो, स्कर्पियो एन, एक्सयूभी थ्रीएक्सओ नयाँ सार्वजनिक भएको एक्सयूभी सेभेनएक्सओ, बीई सिक्स, एक्सईभी नाइन ई, एक्सईभी नाइन एस जस्ता मोडलहरु बिक्रीको लागि उपलब्ध छन् ।
कम्पनीका अनुसार पछिल्लो दिन बजारमा आएका एक्सयूभी सेभेनएक्सओ र एक्सईभी नाइन एस मोडलको बुकिङ ९३ हजार ६८९ युनिट रहेको छ । यसले पनि महिन्द्राको बिक्री भोलिका दिनमा पनि बलियो हुने अनुमान गर्न सकिन्छ ।

