काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राको बहुप्रतिक्षित कम्प्याक एसयूभी ‘एक्सयूभी–३००’ फेब्रुवरी १४ (भोलि) अर्थात् फागुन दुई गते भारतीय बजारमा सार्वजनिक हुँदैछ । उक्त नयाँ एसयूभी भारतीय बजारमा सार्वजनिक भए लगत्तै फागुन १० गते नेपाली बजारमा सार्वजनिक हुने भएको हो ।
नेपाली बजारमा महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इन्कर्पोरेटले यसलाई सार्वजनिक गर्ने छ । तर, यसको मूल्य लगायतका बिषयमा भने अहिल्यै केही जानकारी दिइएको छैन । एक्सयूभी ३०० कुरेर बस्नेहरुले यस अनुभव गर्न भने लामो समय कुर्नु पर्ने छैन ।
एसयूभी एक्सपर्टको उपमा पाएको भारतीय गाडी उत्पादक कम्पनी महिन्द्राले कम्प्याक एसयूभी उत्पादन सुरु गरेदेखि नै यसले निकै चर्चा बटुलेको थियो ।
महिन्द्राले निकै अगाडि उत्पादन सुरु गरेको मोडल (एस-२०१ कोड-नेम) रहेको गाडीको नाम ‘एक्सयूभी–३००’ राखेर बजारमा ल्याउने घोषणा गरेको थियो । अहिले भारतीय बजारमा प्रिबुकिङ खुल्ला गरिएको उक्त नयाँ एसयूभी ४ हजारभन्दा बढी बुकिङ भैसकेको जनाइएको छ ।

कोरियन मोटर कम्पनी स्याङ्योङ्को कम्प्याक एसयूभी टिभोलीमा आधारित ‘एक्सयूभी-३००’ अपेक्षित मोडलको रुपमा लिइन्छ । ग्राहकको मागलाई मध्यनजर गर्दै कम्पनीले यसमा विविध सुविधा समेटेको छ । जसले यो सेग्मेन्टमा टाटा नेक्सन, फोर्ड ईकोस्पोर्ट, मारुती सुजुकी भिटारा ब्रेजा साथै हुन्डाई क्रेटा र निशान किक्सको बेस भेरियन्टलाई कडा टक्कर दिने देखिएको छ ।
माथि उल्लेखित सबै गाडी नेपाली बजारमा बिक्री वितरण भइरहेकाले पनि महिन्द्राको कम्प्याक एसयूभीले नेपाली बजारमा पनि सबैको ध्यान खिच्न सफल भएको हो ।
नयाँ प्लाटफर्म र डिजाइन
‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० मोडल महिन्द्राको नासिक प्लान्टबाट उत्पादन गरिएको हो । यस एसयूभीमा बजार सुहाउँदो विशेषता समेटिएका छन् । यसको डिजाइन एक्सयूभी–५०० फेसलिफ्टको जस्तै आक्रामक रहेको छ ।
सनरुफको विशेषता
एक्सयूभी–३०० मा आकर्षक सनरुफ लगाइएको छ । साथै, यसमा एलईडी डेटाइम रनिङ्ग लाईट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन् । साथै, कम्पनीले गाडीको क्याबिन भने आफ्नो लेटेस्ट एमपीभी मराजोको जस्तै आकर्षक बनाएको जनाएको छ ।
सेफ्टी फिचर
यसमा सेग्मेन्ट फर्स्ट सेफ्टी फिचर दिइएको विभिन्न भारतीय मिडियाले उल्लेख गरेका छन् । सात एयरब्याग, डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० सुसज्जित रहेको छ ।
इन्जिन
एक्सयूभी–३०० मा उपलब्ध १.५ लिटर फोर–सिलिन्डर डिजेल इन्जिनले १२१ बीएचपी पावरकासाथै ३०० एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड म्यानूअल लगाइएको छ भने, चाँडै एमटी भेरियन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा यसको बजार मूल्य कति पर्छ भन्ने विषय भारतीय बजारमा मूल्य निर्धारणपछि मात्रै थाहाहुने कम्पनीले जनाएकाे छ ।
यो पनि पढ्नुस्: महिन्द्राको चर्चित एमपीभी मराजो फागुनबाट नेपालमा बिक्री सुरु हुने


