‘एक्सयूभी सेभेन एक्सओ’को माग उच्च, वेटिङ पिरियड १ वर्ष पुग्यो

काठमाडौं । महिन्द्राको नयाँ एसयूभी एक्सयूभी सेभेन एक्सओले बजारमा उच्च माग पाएको छ । कम्पनीले यही महिना (जनवरी)मा मात्रै बजारमा ल्याएको यो एसयूभी उच्च मागकै कारण किन्न १ वर्ष कुनुपर्ने भएको अवस्था आएको हाे ।

कम्पनीका अनुसार एसयूभी सेभेन एक्सओको वेटिङ पिरियड १ वर्ष पुगेको हो । कम्पनीले सेभेन एक्सओ एसयूभी विभिन्न ८ भेरियन्टमा बजारमा ल्याएको थियो । जसमा बेस भेरियन्ट (एएक्स)को वेटिङ पिरियड १२ महिनासम्म पुगेको हो । यो वेटिङ पिरियड पेट्रोल र डिजेल दुवै भेरियन्टमा रहेको जनाइएको छ ।

यद्यपि, सेभेन एक्सओ ‘एएक्स सेभेन टी’ भेरियन्टको वेटिङ पिरियड सबैभन्दा कम करिब ४ हप्तासम्मको रहेको छ । कम्पनीले एक्सयूभी सेभेन एक्सओको सुरूआती मूल्य १३ लाख ६६ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) र टप भेरियन्टको २४ लाख ९२ भारु तोकेको छ । यद्यपि, यो मूल्य सुरुआती ४० हजार ग्राहकले मात्र पाउने छन् ।

कम्पनीले जनवरी १४ देखि एक्सयूभी सेभेन एक्सओको डेलिभरी सुरू गरिसकेको छ । कम्पनीले हालै बजारमा ल्याएका एक्सयूभी सेभेन एक्सओ र एक्सइर्भी नाइन एसले एकदिनमै कीर्तिमानी ९४ हजार युनिट बुकिङको रेकर्ड बनाएको थियो । यसको कुल बुकिङ मूल्य २० हजार ५०० करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ। यति ठूलो संख्यामा बुकिङ आउनु नै लामो वेटिङ अवधिको मुख्य कारण मानिएको छ।

 

महिन्द्रा एक्सयूभी सेभेन एक्सओ ६ सिटे र ७ सिटे दुई विकल्पमा उपलब्ध छ । एक्सयूभी सेभेन एक्सओमा नयाँ फ्रन्ट ग्रिल, रिडिजाइन गरिएको एलईडी हेडलाइट्स, एलईडी फग लाइट्स, परिमार्जित फ्रन्ट बम्पर, १९ इन्चको एलोय ह्वील, एलईडी टेल लाइट, सिग्नेचर स्पोर्टियर रियर बम्पर, पानारोमिक सनरुफ रहेको छ ।

एक्सयूभी सेभेन एक्सओमा ड्राइभर डिस्प्ले, सेन्टर इन्फोटेनमेन्ट र अगाडिको यात्रुको लागि छुट्टै गरी ३ वटा स्क्रीन रहेको छ । हरेकको साइज १२.३ इन्च रहेको छ । त्यस्तै, यसमा टु स्पोक स्टेयरिङ ह्वील, भेन्टिलेटेड फ्रन्ट सिट, अगाडिको यात्रु सिटको लागि पावर्ड बोस मोड, डल्बी एटमस भएको १६ स्पिकर हर्मन कार्डन साउण्ड सिस्टम र वायरलेस चार्जिङ पनि छ ।

महिन्द्रा एक्सयूभी सेभेन एक्सओमा ६ वटा (टप मोडेलमा ७ वटा) एयरब्याग, ५४० डिग्री क्यामेरा, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक र आइएसओ फिक्स सिट एंकरेज, लेभल २ एडास (एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, स्वचालित आपतकालीन ब्रेकिङ) सुरक्षा फिचर छन् ।

एक्सयूभी ७०० ले २०२१ ग्लोबल एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको थियो । महिन्द्राले सेभन एक्सओमा भारत एनक्यापमा फाइभ स्टार पाउने गरी इन्जिनियरिङ गरिएको दाबी गरेको छ ।

कम्पनीले एक्सयूभी सेभेन एक्सओमा पुरानै इन्जिनलाई निरन्तरता दिएको छ । महिन्द्रा सेभेन एक्सओमा २.० लिटर टर्बो पेट्रोल र २।२ लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । यी इन्जिनसँग ६ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स रहेको छ। एक्सयूभी सेभेन एक्सओको डिजेल भर्सनमा अलह्वील ड्राइभ अप्सन समेत उपलब्ध छ ।


Back_to_top