७ भेरियन्टमा आउने भयो पेट्रोल इन्जिनमा ब्रेजा

मारुती सुजुकीको चर्चित सब फोर मिटर एसयूभी ब्रेजाको फेसलिफ्ट मोडल विभिन्न सात भेरियन्टमा बजारमा आउने भएको छ । जसमा एलएक्सआई, भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लसगरि ४ भेरियन्ट म्यानुयल र भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लसगरि तीन अटोमेटिक भेरियन्टमा उपलब्ध रहने छ ।

मारुती सुजुकीले ब्रेजालाई हिजो सम्पन्न भएको अटो एक्स्पो २०२० मा शोकेस गरेको थियो । कम्पनीले यसअघि डिजेल इन्जिनमा ल्याएको ब्रेजालाई अब भने पेट्रोल इन्जिनमा ल्याएको हो ।

ब्रेजामा १.५ लिटर के१५बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ९० पीएस पावर र २०० एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ ।

कम्पनीले जनाएअनुसार यसमा हाइब्रिड टेक्नोलोजीको प्रयोग गरिएको छ । उक्त टेक्नोलोजीले इन्धन बचत, आइडियल स्टार्टरस्टप, टर्क एसिस्ट फङ्सन, ब्रेक इनर्जी रिजेनेरेशन जस्ता फिचर उपलब्ध रहेको छ ।

अगाडिको भागमा केही परिमार्जन सहित आएको ब्रेजामा रि(डिजाईन हेडल्याम्प र एलइडी डेटाइम रनिङ लाईट प्रदान गरिएको छ । यसको टप भेरियन्टमा ग्रिलमा क्रोमको प्रयोगले गाडी निकै आकर्षक देखिएको छ । यसले गाडीलाई पहिलेको तुलनामा निकै सार्प र स्पोर्टी देखाएको छ ।


Back_to_top