मारुती सुजुकीले पार गर्यो २ करोडको माइलस्टोन

भारतीय अटो बजारको ठूलो हिस्सा  आगटेको मारुती सुजुकी एक सफल अटो निर्माता कम्पनीको रुपमा स्थापित भैसकेको छ ।  भारतीय अटो बजारको ५० प्रतिशत भन्दा बढि  हिस्सा ओगटेको यस कम्पनीले २ करोड सवारी साधन उत्पादन गर्न साढे ३ दशकमा सफल भएको छ । सन् २०१८ मा मारुती सुजुकी को स्थापनाको ३५ वर्ष पुगेको छ ।

नयाँ मोडलको मद्धतबाट कम्पनीले सन् २०१५ मा १ करोड ५० लाखको माइलस्टोन पुरा गर्न ५० महिना समय खर्चेको थियोे भने २ करोडको माइल स्टोन पुरा गर्न कम्पनीलाई जम्मा ३८ महिना लागेको हो । यो माइलस्टोन पारगर्न कम्पनीले ३८ महिनामा प्रति महिना १ लाख ३१ हजार ५ सय गाडि बेचेर छोटो समयअवधिमा यो उपलब्धी हासिल गरेको हो । 

मारुती सुजुकी भारतीय बजारमा कम समयमै २ करोडको माइलस्टोन पुरा गर्ने  पहिलो कम्पनी हो ।  सन्, २००५ मा ५० लाखको माइलस्टोन पार गरेको यस कम्पनीलाई सो लक्ष्य पुरा गर्न २१ वर्ष लागेको थियो । सुजकीले मार्च २०११ मा १ करोडको माइलस्टोन पार गर्न भने ७२ महिनाको समयअवधि लगाएको हो । 

मारुती सुजुकीले जापान पछि भारतमा २ करोडको माइलस्टोन पार गरेको हो । सुजकीले भारतमा उत्पादन गरेको पहिलो कार मारुती ८०० हो भने मारुती अल्टो कार ३ं७ लाख युनिट बिक्ने पहिलो मोडल हो । दोस्रोमा  मारुती ८०० कार २९ लाख  युनिट बिक्री भएको थियो । 


Back_to_top