सुजुकीले बढायो कारको मूल्य, ब्रेजा किन्नेले १ लाख बढी तिर्नु पर्ने

काठमाडौं । जनवरीबाटै कारको मूल्य बढाउने सूचना प्रकाशित गरेको मारुती सुजुकीको अधिकांश मोडलको मूल्य वृद्धि भएको छ ।

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार सर्वाधिक सफल मोडल ब्रेजामा एकै पटक १ लाख रुपैयाँ मूल्य बढाइएको हो ।

कम्पनीले ब्रेजा बाहेक अन्य मोडलको पनि मूल्य वृद्धि गरेको हो भने नयाँ जेनेरेशन सेलेरियोको मूल्य पनि प्रकाशित गरेको छ । प्रकाशित नयाँ मूल्यसूची अनुसार ब्रेजा भिएक्सआईको मूल्य ४३ लाख ४९ हजार रुपैयाँ भएको छ । यसअघि यो भेरियन्टको मूल्य ४२ लाख ४९ हजार थियो ।

त्यसैगरी कम्पनीले जेडएक्सआई प्लसको मूल्य ४८ लाख २४ हजार रुपैयाँ तोकेको छ । यसअघि यो मोडलको मूल्य ४७ लाख २४ हजार थियो । साथै, कम्पनीले जेडएक्सआई प्लसको ड्यूल टोन भेरियन्टको मूल्य पनि १ लाख रुपैयाँले बढाएर ४८ लाख ५४ हजार बनाएको छ ।

यस्तो छ सबै मोडल र भेरियन्टको मूल्य


Back_to_top