मारुती सुजुकीले ल्याउदै ५ नयाँ मोडल, कुन कहिले ?

बजारमा हुन्डाई, टाटा, महिन्द्रा जस्ता कम्पनीले आफ्नो उत्पादन बढाउँदै नयाँ नयाँ मोडलका गाडी बजारमा ल्याउन थालेपछि मारुती सुजुकीले पनि २०१९मा ५ नयाँ मोडल भारतीय बजारमा सार्वजनिक गर्ने तयारी सुरु गरेको छ । 

भारतीय बजारमा एकछत्र राज गरेको कम्पनीले त्यसलाई कायम राख्न नयाँ मोडल ल्याउन लागेको हो । त्यसका लागि कम्पनीले टोयोटासँगको सहकार्यमा कोरोलादेखि आफ्नै नयाँ माइक्रो एसयूभीसम्म बजारमा उतार्ने तयारी गरिरहेको छ । 

कम्पनीले बजारमा ल्याउन लागेका ५ नयाँ मोडल यस प्रकार छन् । 

वागेनआर

 

मारुती सुजुकीको सर्वाधिक बिक्री हुने मध्यको एक वागेनआरको नयाँ जेनेरेशन बजारमा ल्याउने तयारी गरिरहेको छ । हुन्डाईले नयाँ सेन्ट्रो सार्वजनिक गरेको पछि त्यसलाई टक्कर दिनपनि सुजुकीले चाँडै वागेनआर ल्याउने अनुमान गर्न सकिन्छ । 

वागेनआरको २०१९ मोडल यसैवर्ष जापानीज बजारमा बिक्री सुरु भएको वागेनआर जस्तै मोडलमा आउने छ । नयाँ जेनेरेशन वागेनआरमा पुरानै १।० लिटर पेट्रोल इन्जिन दिइने छ । यसलाई कम्पनीले २०१९ को सुरुमै बजारमा उतार्ने तयारी गरिरहेको छ ।

वाईवानके माइक्रो एसयूभी

 

कम्पनीले दिल्ली अटो एक्स्पो २०१८ मा शोकेस गरेको कन्सेप्ट माइक्रो एसयूभीलाई द्रुतगतिमा निर्माण गरिरहेको जनाएको छ । कम्पनीले बजारमा महिन्द्रा केयूभी १०० सँग प्रतिस्पर्धा गर्नेगरि यसको निर्माण गरिरहेको छ । महिन्द्राले यो सेग्मेन्टमा त्यति राम्रो पर्फमेन्स गर्न नसकेपनि मारुती सुजुकीले भने यसमा निकै संभावना देखेको जनाएको छ ।

यसमा निकै फियुल इफिसेन्सी इन्जिन दिने तयारी गरिरहेको कम्पनीले एयरब्याग, एबीएस, इबीडी, रिर्भस सेन्सर लगायतका फिचर दिनेछ । टाटा र हुन्डाईले निकट भबिष्यमा यो सेग्मेन्टमा आफ्ना मोडल हुन्डाई क्यारोलिनो र टाटा हर्नवील ल्याउने तयारी गरिरहेका छन् । 

कोरोलामा आधारित प्रिमियम सेडान

 

भारतीय बजारको संभावनालाई हेरेर मारुती सुजुकी र टोयोटा बीच भएको समझदारी अनुसार टोयोटा कोरोला बेसमा मारुती सुजुकीले प्रिमियम सेडान कार कोरोला बजारमा ल्याउने तयारी गरिरहेको छ । 

सम्झौता अनुसार भिटारा ब्रेजा र बलेनो टोयोटाको लोगोमा आउने छन् । २०१९ को मध्यसम्ममा सुजुकीले कोरोला बजारमा ल्याउने अनुमान गरिएको छ । यसमा टोयोटाले प्रयोग गरेको सबै मेकानीकल प्रयोग हुने तर कस्मेटिक परिर्वतन भने सुजुकीले गर्नेछ ।

एस क्रस पेट्रोल 

कम्पनीले २०१९ मा ल्याउने अर्को प्रडक्ट हो एस–क्रस पेट्रोल । अहिले बजारमा निकै राम्रो सेल्स भइरहेको एस–क्रस डिजल इन्जिनमा मात्रै रहेको छ । अब कम्पनीले १।५ लिटर के१५बी एचएसभीएस पेट्रोल इन्जिनमा ल्याउने तयारी गरिरहेको छ । 

नयाँ आउने एस–क्रस भारत इमिसन स्टायडर्ड ६ मा आधारति भएर आउने छ । कम्पनीले २०१९ को अन्त्यसम्ममा यसलाई बजारमा उतार्ने तयारी गरिरहेको छ ।

स्वीफ्ट आरएस 

यसै वर्ष कमपनीले स्वीफ्टको नयाँ जेनेरेसन सार्वजनिक गरेको हो । अब कम्पनीले युवा पुस्तालाई केन्द्रमा राखेर पावरफुल स्वीफ्ट आरएस सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

यसलाई कम्पनीले निकै स्टाइलिस, सुरक्षित र पावरफुल बनाएर बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले २०१९को मध्यसम्मा यसलाई बजारमा उतारिसक्ने अनुमान गरिएको छ ।


Back_to_top