मारुती सुजुकीले तोक्यो ‘एक्सएल-६’ को मूल्य, १४ दिनपछि सार्वजनिक हुने

मारुती सुजुकीले २१ अगस्टमा सार्वजनिक गर्ने घोषणा गरेको मारुती सुजुकी ‘एक्सएल-६ को सुरुवाती मूल्य ७ लाख ५० हजार भारतीय रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले पहिलो पटक ६ सिट अप्सनमा ल्याउन लागेको यो ब्रान्ड न्यू मोडलले ग्राहकलाई लोभ्याउने अनुमान गरिएको छ । 

यसमा इन्र्टग्रेटेड एलइडी डे टाइम रनिंग लाईट, नयाँ बम्पर, दुईवटा होरीजेन्टल क्रोम लाइटको प्रयोग गरेको छ । 

मेसिन फिनीश अलोय ह्वील, टेल लाइट क्लस्टर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्स पार्किङ क्यामरा, स्टेयरिंग माउन्टेड कन्ट्रोल, क्रुज कन्ट्रोल जस्ता विशेषता यसमा पाउन सकिने छ । 

कम्पनीले सुरक्षालाई मध्यनजर गर्दै यसमा एबीएस इबीडी, अटोमेटिक हेडलाइट, अटोमेटिक वाइपर, लेदर सिट, सनरुफ र इलेक्ट्रीकल्ली कन्ट्रोल सिट दिएको छ । 

एक्सएल–६ मा ७ इन्चको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ जसले एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्नेछ ।

मारती सुजुकीले नयाँ कारमा के१५बी इन्जिन दिएको छ , जसले ९५ पीएस पावरका साथै १३८ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । 


Back_to_top