काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज)को आधिकारिक बितरक, पारामाउन्ट मोटर्सले मंसिर २१ गतेदेखि २३ गतेसम्म देशभर ‘एमजी एक्सचेन्ज अफर’को आयोजना गरेको छ ।
‘कम एण्ड अपग्रेड टु अ बेटर ड्राइभिंग एक्सपीरियन्स’ भन्ने ट्यागलाईनका साथ सुरु भएको कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले एमजीको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।
एमजीका हरेक मोडलहरुमा एक्सचेन्ज सुविधा उपलब्ध रहेको छ । यो अभियानले ग्राहकलाई एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग तथा अन्य आकर्षक छुट उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
एमजी एक्सचेन्ज अफरले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।


