एमजीले ल्यायो ४ लाखसम्म छुट स्कीम (मूल्यसहित)

काठमाडौं । मोरिस ग्यारेज (एमजी)को आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले ४ लाख रुपैयाँसम्मको छुट दिने स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्षको अवसरमा ल्याएको ‘सेलिब्रेट इलेक्ट्रीफाइङ न्यू इयर २०२६’ स्कीममा ४ लाखसम्म छुट दिने घोषणा गरेको हो ।

कम्पनीले ल्याएको ४ लाखसम्मको छुट स्कीममा पुरानो गाडी ल्याएर सट्टापट्टा गर्नेले आफ्नो गाडीको राम्रो मुल्याङ्कन पाउने छन् । त्यसका अलावा एक्सचेन्ज बोनस पनि दिने कम्पनीले जनाएको छ ।

फाइनान्स सुविधा चाहिने ग्राहकको लागि सहजै बैंकसँग जोडिदिने कम्पनीले ठाँउका ठाँउ गाडी डेलिभरी दिने जनाएको छ । नयाँ गाडीको लागि आवश्यक एशोसरिज पनि कम्पनीले निःशुल्क हालिदिनेछ ।

पारामाउन्ट मोटर्सले एमजीले चीनमा उत्पादन गरेका र भारतमा उत्पादन गरेका विद्युतीय कारहरु बिक्री वितरण गर्दै आएको छ । अहिले कम्पनीसँग सबैभन्दा राम्रो बिक्री भइरहेको एमजी एस फाइभ छ । साथै, एमजी आइएमको प्रिमियम लग्जरी क्रसओभर पनि बिक्री गर्दै आएको छ । यसका अलावा एमजी फोर ईभी पनि उपभोक्ताले किन्न सक्नेछन् ।

भारतमा उत्पादन भएको कोमेट प्रिमियम ह्याचव्याक कार र कोमेट मिनी कार पनि एमजीले बिक्री गर्दै आएको छ । यी गाडीको अलवा एमजीसँग पेट्रोलबाट चल्ने हेक्टर र एस्टर जस्ता मोडल भारतबाट ल्याएर बिक्री गर्दै आएको छ । पेट्रोलबाट चल्ने एचएस मोडल भने चीनबाट आयात हुँदै आएको छ ।

यस्तो छ मूल्य

एमजीले बिक्री गर्ने इन्ट्री मोडल कोमेट ईभी हो । यसलाई दुई भेरियन्टमा बिक्री गर्दै आएको छ । कोमेट ईभीको सुरुवाती मूल्य १९ लाख ९९ हजार रुपैयाँ छ ।

भारतमा उत्पादन भएको विन्डसर ईभी पनि दुई भेरियन्टमा बजारमा उपलब्ध छ । यसको सुरुवाती भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ छ ।

विश्वभर निकै चर्चा कमाउन सफल एमजी फोर पनि निकै राम्रो मूल्यमा उपलब्ध मोडल हो । यसलाई पनि कम्पनीले दुई भेरियन्टमा उपलब्ध गराएको छ । यसको सुरुवाती भेरियन्टको मूल्य ४१ लाख ४९ हजार रुपैयाँ छ ।

यही वर्ष नेपाल आएको एस फाइभ मोडल निकै सफल एसयूभी हो । नेपाली बजारमा निकै राम्रो संख्यामा बिक्री हुँदै आएको एस फाइभ तीन भेरियन्टमा उपलब्ध छ । यसको इन्ट्री भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

एमजी आइएम सिक्स प्रिमियम एसयूभी पनि कम्पनीले बिक्री गर्दै आएको छ । यसको मूल्य भने ७४ लाख ९९ हजार रुपैयाँ छ ।

यसका अलावा कम्पनीले बिक्री गर्दै आएको अन्य पेट्रोल एसयूभी एस्टरको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ छ । हेक्टर एसयूभीको मूल्य ७७ लाख ४९ हजार र सबैभन्दा महंगो एचएस मोडलको मूल्य ८६ लाख रुपैयाँ छ ।


Back_to_top