मोटरसाइकल र स्कुटरको आयातमा ब्यापक गिरावट

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा १ लाख ११ हजार ३३५ यूनिट मात्र दुई पाङ्ग्रे सवारी साधन नेपाल आयात भएका छन् । उक्त संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ६० प्रतिशत हाराहारीले कम घटेको हो ।

अघिल्लो आवमा २ लाख ८१ हजार ७०७ यूनिट इन्टरनल कम्वश्चन इन्जिन र विद्युतीय गरेर दुई पाङ्ग्रे सवारीसाधन आयात भएको थियो । उक्त संख्याको आधारमा १ लाख ११ हजार ३३५ यूनिट मात्रै आयात भएको हो ।

अघिल्लो आवको तुलनामा इन्टरनल कम्वश्चनमा आयातमा भारी गिरवाट आउँदा इलेक्ट्रीक दुईपाँग्रेको आयात भने दोब्बरभन्दा धेरैले वृद्धि भएको छ ।

अघिल्लो आवमा इन्टरनल कम्बश्चनतर्फ २ लाख ७८ हजार ४८२ यूनिट आयात भएको देखिन्छ । यो आवमा १ लाख ४ हजार १८० यूनिटमात्र देखिन्छ ।

त्यस्तै, इलेक्ट्रीकतर्फ अघिल्लो आवमा ३ हजार २२५ यूनिट मात्र आयात भएकोमा यो वर्ष ७ हजार १५५ यूनिट आयात भएको छ ।

गत वर्षको मात्र हेर्ने हो भने ५५ प्रतिशत हाराहारीले इलेक्ट्रीक स्कुटरको आयात बढेको देखिन्छ । वर्ष कुल दुई पाङ्ग्रे आयातमा कम्बश्चनको हिस्सा ९३.५८ प्रतिशत र ईभीको हिस्सा ६.४२ प्रतिशत देखिएको छ ।


Back_to_top