काठमाडौं । लकडाउनपछि मोटरसाइकल तथा स्कुटरको मूल्य तिब्र गतिमा बढेको छ । विशेषत नेपालमा सबैभन्दा धेरै बजार हिस्सा ओगटेका बजाज, यामाहा, टीभीएस, होन्डा र हिरोले मोटरसाइकलको मूल्य वृद्धि ३ पटकसम्म गरेका छन् ।
यी मध्येपनि बजाज, टीभीएस र यामाहाले आफ्ना विभिन्न स्कुटर तथा मोटरसाइकलको मूल्य तिब्र गतिमा वृद्धि गरेका छन् । नेपालमा मोटरसाइकलको मूल्य वृद्धिमा विशेषत एबीएस फिचरलाई मुख्य कारण कम्पनीहरुले बनाएका छन् । साथै, नन् एबीएस मोडलको मूल्य वृद्धिपनि तिब्र गतिमा भएको देखिन्छ ।
यो पनि पढ्नुहोस्ः २ लाखभन्दा कम मूल्यमा हिरोका ८ मोटरसाइकल, सबै मोडलको मूल्यसहित
बजाजले नेपालमा विक्री गर्दै आएको सर्वाधिक सफल २०० सीसीको मोटरसाइकल लकडाउन खुल्ला भएको मितिमा ३ लाख ५६ हजार ९०० रुपैयाँमा विक्री गर्दै आएको थियो । तर, त्यसपछि कम्पनीले पटक पटक गरेको मूल्य वृद्धिले अहिले यो मोटरसाइकलको मूल्य ३ लाख ६७ हजार ९०० रुपैयाँ पुगेको छ । यसको मूल्य १० महिनामा ११ हजार रुपैयाँले वृद्धि भएको छ ।
यो पनि पढ्नुहोस्ः बजाजका सबै मोटरसाइकलको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य
त्यसैगरि यामाहको सर्वाधिक विक्री हुने एफजेडएस भी थ्रिको मूल्यपनि निकै वृद्धि भएको छ । कम्पनीले लकडाउनपछि ३ लाख १९ हजार ९०० मा विक्री गरेको उक्त मोटरसाइकलको मूल्य अहिले ३ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । कम्पनीले यसको मूल्य १० महिनामा १० हजार रुपैयाँले वृद्धि गरेको छ ।
यो पनि पढ्नुहोस्ः यामाहाका अधिकांश मोटरसाइकलको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्यसूची
टीभीएसको सर्वाधिक विक्री हुने स्कुटर एनटर्क रेस एडिसनको मूल्य १२ हजार रुपैयाँले वृद्धि भएको छ । कम्पनीले लकडाउनपछि २ लाख ४६ हजार ९०० रुपैयाँमा विक्री गरेको मोटरसाइकल १० महिनाको अवधिमा १२ हजारले बढाएर २ लाख ५८ हजार ९०० रुपैयाँ पुर्याएको छ ।
यो पनि पढ्नुहोस्ः भोलिबाट महंगो हुँदै टीभीएसका चर्चित मोडल, यस्तो छ नयाँ मूल्यसूची
हिरोले विक्री गर्दै आएको एक्सपल्स २०० नेपालमा सफल एड्भेन्चरको रुपमा रहेको छ । कम्पनीले विक्री गर्ने एक्सपल्स लकडाउनपछि विक्री खुल्दा ३ लाख ८५ हजार रुपैयाँ रहेको थियो । कम्पनीले यसको मूल्य ६ हजार ९०० रुपैयाँले वृद्धि गरेको छ ।
माथि उल्लेख भएका मोडलहरु सबै कम्पनीले धेरै विक्री गर्ने मध्यको एक एक मोडललाई लिइएको हो । होन्डाले भने आफ्ना अधिकांश मोडलको मूल्य वृद्धि गरेको छैन ।
किन बढ्यो मूल्य ?
नेपालमा मोटरसाइकल उत्पादन हुँदैन । बजाजले पूर्णरुपमा नेपालमा नै एसेम्बल गरिएका मोटरसाइकल विक्री गर्दै आएको छ भने, टीभीएसले केहि यूनिट यहिँ एसेम्बल गर्न थालेको छ । यस्तोमा भारतबाट आयात गरेर नेपालमा विक्री गरिने मोटरसाइकलको मूल्य भारतमा नै बढेकाले नेपालमा बढाउनु परेको आयातकर्ता कम्पनीको भनाई छ ।
लकडाउनपछि स्टील, प्लाष्टिक लगायतका बस्तुको मूल्य वृद्धिसँगै कम्पनीहरुले भारतीय बजारमा पनि मूल्य वृद्धि गरिरहेका छन् । लकडाउनपछि भारतमा चार पटकसम्म मूल्य बढिसकेको छ । यस्तोमा भारतमा २ हजार भारतीय रुपैयाँ मूल्य वृद्धि हुँदा नेपालमा ६ हजार मूल्य बढाउनु पर्ने दबाबमा विक्रेता कम्पनी पर्ने गरेको उनिहरुको दाबी छ ।
कम्पनीहरुले लकडाउनपछि नेपालमा पनि ३ पटकसम्म मूल्य बढाएका छन् ।

