अटो शो अफरः बिएमडब्ल्युका बाइकमा आकर्षक नगद छुट

काठमाडौं । नेपालको लागि बिएमडब्ल्युको आधिकारिक वितरक टर्क मोटरले नाडा अटो शोलाई लक्षित गर्दै आफ्ना दुई मोटरसाइकलमा आकर्षक छुट दिने भएको छ । कम्पनीले गत वर्ष नेपालमा ल्याएको बिएमडब्ल्यु जि ३१० आर र जि३१० जिएस मोटरसाइकलमा विशेष छुट दिन लागेको हो ।

कम्पनीले भदौ १० गतेबाट सुरु हुने अटो शोमा यी बाइक खरिद गर्ने वा बुकिंग गर्ने ग्राहकलाई ३० हजारसम्म नगद छुट दिने भएको छ । यसका साथै, एक वर्षको बीमा, निःशुल्क सर्भिसिङ र एभिजीको जेन्युअन हेलमेटमा पाँच हजारसम्म छुट दिने भएको छ ।

अटो शोको मुख्य आकर्षण जिएस ३१०

कम्पनीले अटो शोमा जिएस ३१० र जि ३१० आर बाइकको प्रर्दशनी तथा बिक्री गर्ने भएको छ । नेपालमा यी मोडलको मूल्य क्रमश १० लाख ९० हजार र ९ लाख ५० हजार रुपैयाँ रहेको छ ।

दुबै बाइकमा समान ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड–कूल, फ्यूल इन्जेक्सन इन्जिन लगाइएको छ । यसमा दिइएको इन्जिनले ३४ बीएच पावर र २८ एनएम–टर्क उत्पादन गर्छ । जी–३१० जीएसको अधिकतम स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ ।

जी–३१० जीएसको तौल १६९ केजी रहेको छ भने जी–३१० आरको तौल १५८.५ किलोग्राम रहेको छ । दुबै बाइकमा ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ ।

जी–३१० जीएसमा फोर–पिस्टन क्यालिपर–३०० एमएम फ्रन्ट–डिस्क ब्रेक र पछाडि सिङ्गल पिस्टन क्यालिपर–२४० एमएम डिस्क ब्रेक रहेको छ । कम्पनीले यसमा ड्यूल च्यानल एबीएस सिस्टमसहितको स्ट्यान्डर्ड प्याकेज दिएको छ ।

जी–३१० जीएसको अगाडि भागमा ४१ एमएम अपसाइड डाउन–फर्क दिइएको छ भने पछाडि भागमा १८० एमएम प्रि–लोडेड एड्जस्टेवल मोनो–शक राखिएको छ ।


Back_to_top