काठमाडौं । डोङफेङ मोटर्सको सहायक ब्राण्ड नामीले उत्पादन गरेको पहिलो इलेक्ट्रीक ह्याचव्याक कार नामी बक्सको आयात ठूलो संख्यामा भइरहेको छ । तिहार लगत्तै ग्राहकलाई डेलिभरी दिन थालिएको कार मंसिर मसान्तसम्म ३४४ युनिट आयात भएको हो ।
एमएडब्लू वृद्धि मोटोकर्पले कार्तिक समान्तसम्म २०१ युनिट आयात गरेकोमा मंसिरमा १४३ युनिट आयात गर्दै ३४४ युनिट पुर्याएको हो । ह्याचव्याक सेग्मेन्टमा नै सर्वाधिक फिचर उपलब्ध कार मूल्यको हिसावले पनि राम्रो मानिन्छ ।
सहरी क्षेत्रदेखि हाइवे यात्रा गर्नेले पनि रेन्जको कारण यसको टप भेरियन्टलाई मनपराएका छन् । त्यसैले बिक्री सुरु भएको छोटो समयमा नै यसले राम्रो संख्यामा ग्राहक पाउन सफल भएको हो ।
सेग्मेन्ट फस्ट फिचर धेरै
नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलीजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि गाडीको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रीत छ ।

यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ टेबल टपसहितको पेसेन्जर ड्रयर पनि रहेको छ । इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझ माथि पुर्याउनेछ र हरेक यात्रालाई प्रिमियम बनाउनेछ ।
नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर छन् ।
बढ्यो मूल्य
अघिल्लो महिना नै कम्पनीले बक्स ईभीको भेरियन्ट अनुसार मूल्य बढाएको हो । कम्पनीले नामी ई-१ को मूल्य २५ हजारले वृद्धि गर्दै ३० लाख २४ हजार बनाइएको छ ।
त्यस्तै ई-२ भेरियन्टको मूल्यमा ५० हजार वृद्धि गरेर ३२ लाख ४९ हजार बनाएको छ भने टप भेरियन्ट ई-३ को मूल्य १ लाख रुपैयाँले बढाइएको छ । कम्पनीले यसको मूल्य ३४ लाख ९९ हजारबाट बढाएर ३५ लाख ९९ हजार रुपैयाँ बनाएको हो । साथै, ड्यूल कर भेरियन्टमा अतिरिक्त ५० हजार रुपैयाँ अतिरिक्त लाग्ने कम्पनीले जनाएको छ ।

