काठमाडौं । इलेक्ट्रीक गाडी चार्जगर्न नेपाल विद्युत प्राधिकरणले राती ११ बजेखि बिहान ५ बजेसम्मको लागि प्रतियूनिट ४ रुपैयाँ ४५ पैसामा विजुली उपलब्ध गराउने भएको छ । तर, यसमा चार्जिङ सेन्टर सञ्चालकले २० प्रतिशत भन्दा बढी नाफा राखेर भने विद्युत् बेच्न पाइने छैन ।
पिक आवरको तुलनामा झण्डै ५० प्रतिशतले विजुलीको मूल्य घटाइएको हो । पिक आवरमा ८ रुपैयाँ ४० पैसा महशुल तिर्नु पर्ने हुन्छ ।
प्राधिकरणले ३३ केभी र ११ केभीको लागि पनि छुट्टै महशुल निर्धारण गरेको छ ।
निजी चार्जिङ स्टेशन संचालकले यसपछि विद्युतीय कार चार्जिङको नयाँ दर काम भएको छ । यसले रातीको समयमा सवारीसाधन चार्ज गर्ने र खेर जाने विजुली सदुपयोग हुने प्राधिकरणले विश्वास लिएको छ ।


