काठमाडौं । चिनियाँ इमर्जिङ न्यू इनर्जी भेहिकल कम्पनी होजोन अटोले तीन महिनामा २६ हजार बढी यूनिट ईभी बेचेको छ । कम्पनीले सन् २०२३ को पहिलो तीन महिना (जनवरी–मार्च) मा २६ हजार १७६ युनिट नेटा ईभी बेच्न सफल भएको हो ।
कम्पनीका अनुसार जनवरीमा ६ हजार १६ यूनिट, फेब्रुअरीमा १० हजार ७३ युनिट र मार्चमा १० हजार ८७ यूनिट ईभी कार बेचेको हो ।
मार्चको बिक्रीमा सबैभन्दा ठूलो हिस्सा नेटाभीको रहेको छ । नेटाभी ४ हजार ७९३ यूनीट बिक्री भएको हो । दोस्रोमा नेटायूको बिक्री ३ हजार ८८ यूनीट बिक्री भएको छ भने तेस्रोमा नेटाको फ्ल्यागसिप सेडान मोडल २ हजार २०६ यूनीट बिक्री भएको छ ।
चीनमा लेफ्टह्याण्ड ड्राइभ भएता पनि कम्पनीले राइटह्याण्ड ड्राइभमा पनि नेटाका कारहरु बनाइरहेको छ । चीन बाहेक आसियान, साउथ एसिया तथा मिडलइस्ट लगाएत नेपाली बजारमा समेत नेटाका कारहरू बिक्री भइरहेको छ ।
कम्पनीले राइटह्याण्ड ड्राइभ मुलुकहरूमा निर्यात गर्नका लागि थाइल्याण्डमा समेत नयाँ प्लान्ट निर्माण गरिरहेको छ ।

