सरकारको निर्णयमा न्यू इनर्जी भेहिकल एसोसिएसनको कडा आपत्ति (पत्रसहित)

काठमाडौं । नेपाल न्यू इनर्जी भेहिकल एसोसिएसनले सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत इलेक्ट्रीक सवारीसाधनमा भएको भन्सार, अन्तःशुल्क र सडक निर्माण दस्तुरमा गरिएको वृद्धिको कडा आलोचना गरेको छ ।

एसोसिएसनका सचिब सरोज थापाले जारिगरेको विज्ञप्तीमा लकडाउनपछि उत्पन सामाजिक दुरी कायम गर्नु पर्ने र स्वदेशी उत्पादनले संचालन गर्न सकिने यस्ता वातावरण मैत्री सवारीसाधनको मूल्यमा भारी वृद्धि हुनेगरि गरिएको नयाँ व्यवस्था तत्काल फिर्ता लिन माग गरिएको छ ।

‘सिंगो राष्ट्र विद्युतमा आत्मनिर्भर बन्दै गएको र नेपालमा इलेक्ट्रीक सवारीसाधन धेरैले किन्न सुरु गरेको अवस्थामा सरकारले आफ्नै घोषित नीति विपरित गरिएको कर वृद्धिले सरकारको नीतिलाई नै घिल्ली उडाएको छ’, विज्ञप्तीमा भनिएको छ ।


Back_to_top