सोमबार सार्वजनिक हुँदै नयाँ बलेनो, पुरानो भन्दा के फरक ?

मारुती सुजुकीले जनवरी २३ तारिखको अल न्यू वागेन आर गरेको थियो भने आगमी सोमबार २८ तारिखमा आफ्नो सर्वाधिक सफल ह्याचव्याक कार बलेनोको फेसलिफ्ट सार्वजनिक गर्न गइरहेको छ । कम्पनीले यसको भारतीय बजारमा बुकिङसमेत खुल्ला गरेको छ ।

बजारमा आएको करिब साँढे तीन वर्षपछि बलेनोमा थुप्रै कस्मेटीक परिर्वतन गरिएको छ । स्मार्टप्ले स्टुडियो बलेनोको सबैभन्दा ठूलो परिर्वतन हो । स्मार्टप्ले स्टुडियो एक परिष्कृत इन्फोटेन्टमेन्ट सिस्टम हो । जहाँ एप्पल कारप्ले र एन्ड्रोईड अटोसँगै स्मार्टप्लेको सहयोगले म्यूजिक सुन्न सकिन्छ ।

७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले कारको क्यावीनमा सुन्दरता थप गरेको छ । साथै यसले सावीसाधन अर्लट, ड्राइभिङ अनुभब र नेविगेशन जस्ता फिचर चलाउन सकिन्छ । 

पहिला भन्दा नयाँ बलेनोमा सुरक्षा फिचरहरु थप भएका छन् । नयाँ सुरक्षा फिचरमा स्पीड अलर्ट, ड्राइभर सिटवेल्ट रिमाईन्डर, रियर पार्किङ एसिस्ट सेन्सरमा थुप्रै सुधार गरिएको छ । साथै, डियुल एयरव्याग, चाइल्ड सिट रिस्ट्रेन सिस्टम, एबीएसको साथ ईबीडी जस्ता फिचर रहेको छ ।

नयाँ बलेनोमा इन्जिनमा कुनै परिर्वतन गरिएको छैन । यसलाई कम्पनीले पहिला जस्तै पेट्रोल र डिजल इन्जिमा उपलब्ध गराउने छ । १.२ लिटर के सिरिज पेट्रोल इन्जिनले ८३ बीएचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ भने, डिजेल इन्जिनले ७४ बीएचपी पावर र १९० एनएम टर्क जेनेरेट गर्छ । 


Back_to_top