यूरोपियन र चिनीयाँ ब्राण्डका कार नेपाल आउने निश्चित

काठमाडौं । नेपालीहरुको नयाँ वर्षको अवसर पारेर नेपाली बजारमा दुई नयाँ ब्राण्डले आफ्ना उत्पादन विक्री सुरु गर्ने तयारी गरिरहेका छन् । यसरी नेपाल आउन लागेका ब्राण्डमा फ्रेन्च कार निर्माता कम्पनी सिट्रोन र चिनीयाँ कार निर्माता कम्पनी ग्रेटवाल हुन् ।

नेपालमा विगतमा पनि विक्री हुँदै आएको ग्रेटवाल माटर्सका उत्पादन विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्स र सिट्रोनका कार गोल्छा अर्गनाइजेशन अन्तर्गतको साँग्रिला मोटर्सले नेपाल ल्याउन लागेका हुन् ।

साँग्रिला मोटर्सले सिट्रोनको सि-५ एयरक्रस मोडलको एसयूभी नेपाली बजारमा ल्याउने छ भने, भिजी इम्पेक्सले ग्रेटवाल मोटर्सका इलेक्ट्रीक र हाभल ब्राण्डका एसयूभी नेपाली बजारमा ल्याउने छ ।

साँग्रिला मोटर्सले नेपाल ल्याउने सिट्रोन सि-५ एयरक्रसको मूल्य १ करोड ३० लाखदेखि १ करोड ४० लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।

ग्रेटवाल मोटर्सको इलेक्ट्रीक कार ओरा आर-१ र हाभलका एसयूभी करिब २५ लाखदेखि ९० लाखसम्मको विभिन्न रेञ्जमा उपलब्ध रहने अनुमान गरिएको छ ।

पछिल्ला वर्षहरुमा नयाँ-नयाँ ब्राण्डहरु नेपाल आउने क्रम बढ्दै गइरहेको छ । यस्तोमा नेपाल आउन लागेका यी दुई ब्राण्डले कस्तो बजार पाउने हुन् भन्ने विषयमा अहिल्यै केहि भन्न सक्ने अवस्था छैन ।


Back_to_top