यी हुन् मे र जुन महिनामा आउने ११ नयाँ कार, यस्तो हुनेछ मूल्य

काठमाडौं । विशेषत नेपालमा पछिल्ला दिनमा सबैभन्दा बढि बिक्ने कारहरु भारतमा उत्पादन भएका कार हुन् । भारतीय बजारमा आएका प्रायः कारहरु नेपाली बजारमा आउने गरेका छन् । 

चालु आर्थिक बर्ष २०१८/२०१९ मा कार निर्माताहरूले भारतीय बजजारमा १८ वटा कारहरू लन्च गर्ने अपेक्षा गरिएको छ । मित्सुविसीको आउटल्याण्डर, होण्डाको अमेज २०१८, हुन्डाई क्रेटा २०१८, जीप कम्पासजस्ता कारहरु भारतमा चाँडै लन्च हुँदैछन् । भने, ति सबै कार नेपाली बजारमा आउने छन् । 

मित्सुविसीले आफ्नो बहुप्रतिक्षित आउटल्यान्डर यही सोमबार मे १५को दिन सावर्वजनिक गर्दैछ । भारतीय बजारमा आउनलागेको यो एसयुभी केहि समयपछि नेपाली बजारमा आउने छ । यसको नेपाली बजारमा मूल्य १ करोड ३० लाखको हाराहारीमा पर्ने अनुमान लगाउन सकिन्छ । भारतीय बजारमा यसको सुरुवाति मूल्य २७ लाख रहने जनाइएको छ ।

मे १६ अर्थात् आगामी मंगलबार होन्डाले अमेजको सार्वजनिक गर्दैछ । करिब ३० लाख रुपैयाँबाट नेपाली बजारमा यसको मूल्यसुरु हुने अनुमान लगान सकिन्छ । भारतीय बजारमा यसको सुरुवाति मूल्य ६ लाख रहने जनाइएको छ । 

हुन्डाइले आफ्नो चर्चित एसयुभी हुन्डाई क्रेटा फेसलिफ्ट यहि महिना (मे) मा सार्वजनिक गर्ने जनाएको छ । उसले यो कारको मूल्य भारतीय बजारमा ११ लाख भारु रहने जनाइएको छ । यसको नेपाली ५० लाखको हाराहारीमा पर्ने छ । नेपालमासमेत निकै चर्चित क्रेटा नेपाली बजारमा आउने नै छ । 

जीपको भारतीय बजार लक्षित कम्पासपनी मे महिनामा नै सार्वजनिक हुने भएको छ । यो कारको भारतीय बजारमा सुरुवाति मूल्य २४ लाख रहने जनाइएको छ भने नेपालमासमेत तुरुन्तै आउने भएको छ । 

महिन्द्रा एस २०१ आगामी महिना बजारमा आउने भएको छ । नेपाली बजारमा कहिले आउँछ भन्ने निश्चित नभएको यो कारको भारतीय बजारमा सुरुवाति मूल्य ९ लाख ९९ हजार रहने जनाइएको छ ।

साथै, महिन्द्रलाले टियुभी ३०० प्लससमेत जुन महिनामा नै सार्वजनि गर्ने भएको छ । भारतीय बजारमा यसको सुरुवाति मूल्य ९ लाख रहने जनाइएको छ । नेपाली बजारमासमेत यो कार चाँडै आउने छ । 

मारुति सिएज २०१८ जुनको दोस्रो साता सार्वजनिक हुने भएको छ । सुरुवाति ४ महिनामा सर्वाधिक बिक्री भएको इन्ट्रिलेवलको सेडानकारको २०१८ संस्करण आउन लागेको हो । यसको सुरुवाति मूल्य ९ लाख रहने जनाइएको छ । यो कार नेपाली बजारमा आउने नै छ । 

हुन्डाईले जुन महिनामा हुन्डाई आइ ४५ सार्वजनिक गर्ने भएको छ । भारतीय बजारमा रहेका अधिकांश मोडल नेपाली बजारमा रहेकाले यो कार नेपाल आउने अनुमान गर्न सकिन्छ । यसको भारतीय बजारमा सुरुवाति मूल्य १४ लाख भारु रहने जनाइएको छ ।

मारुतिले पनि जुन महिनामा आफ्नो एर्टिगा बजारमा ल्याउने भएको छ । यसको भारतीय बजारमा सुरुवाति मूल्य ९ लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।  

फक्वागेनले आफ्नो जेटा कार जुन महिनामा सार्वजनिक गर्दैछ । उसले कारको सुरुवाति मूल्य १४ लाख ७८ हजार भारु रहने जनाएको छ । 

महिन्द्र कम्पनीले जुनमा  यू ३२१ एमपिभि सार्वजनिक गर्ने भएको छ । यसको भारतीय बजारमा सुरुवाति मूल्य ८ लाख भारतीय रुपैयाँ रहने जनाइएको छ ।


Back_to_top