हिरोको नयाँ स्कुटर यहि महिना सार्वजनिक हुँदै, होन्डा डिओसँग प्रतिस्पर्धा

काठमाडौं । हिरो मोटोकर्पले नयाँ स्कुटर ल्याउने भएको छ । कम्पनीले ११० सीसी क्षमताको ‘जुम’ नामबाट स्कुटर बजारमा ल्याउने भएको हो ।

कम्पनीले जनवरी ३० मा जुम ११० सार्वजनिक गर्ने भएको हो । कम्पनीले एक टिजर सार्वजनिक गर्दै जम सार्वजनिक गर्ने बताएको हो ।

कम्पनीले ११० सीसी सेग्मेन्टमा मेष्ट्रो विक्री गर्दै आएको छ भने जुमलाई मेष्ट्रोको तुलनामा अझै प्रिमियम स्कुटरको रुपमा सार्वजनिक गर्नेछ ।

हिरो जुम ११० मा फरक डिजाइनको सिंगल पिस सिग्नेचर एलइडी हेडल्याम्प दिइएको छ । त्यस्तै, यसको एप्रोनमा टर्न इन्डिकेटर पाउन सकिन्छ । साथै, डे टाइम रनिङ लाइटसमेत थप भएर आउने छ । यसमा यूएबी चार्जिङ पोर्ट, आइथ्रीएस सिस्टम, जुम ११० पहिलाको तुलनामा एग्रेशिभ डिजाइनमा देखिएको छ ।

यो स्कुटरमा फुल डिजटल इन्स्ट्रुमेन्ट क्लष्टर दिइएको छ । ब्लुटूथ कनेक्टिभिटी समेत पाउन सकिने जुम ११० को दुबैतर्फ १२ इन्चको अलोय ह्वील उपलब्ध रहेको छ ।

त्यस्तै यसमा सिग्नेचर एलइडी ब्रेक दिइएको छ । यो स्कुटरमा ११०.९ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा ८ बीएच पावर तथा ५५०० आरपीएमा ८.७५ एनएम टर्क जेनेरेट गर्छ । हिरोले यसमा आइ३एस टेक्नोलोजीको प्रयोग गरेको छ जसका कारण फ्यूलको बचत गर्न मद्धत पुग्छ ।

यो स्कुटरले होन्डाको पपुलर स्कुटर डिओसँग प्रतिस्पर्धा गर्ने छ । भारतीय बजारमा हिरो सर्वाधिक विक्री हुने दुई पाग्रेको पहिलो नम्वरमा रहँदै आएको छ । हिरोको धेरैजसो विक्री मोटरसाइकल सेग्मेन्टमा छ भने स्कुटर सेग्मेन्टमा होन्डा सँधै अघि रहँदै आएको छ ।


Back_to_top