काठमाडौं । नेपाली बजारमा हिरोकोे एक्स्ट्रीम १२५ आर मोटरसाइकलको नयाँ भेरियन्टको बिक्री सुरु भएको छ ।
नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्स्ट्रीम १२५ आरको बीएस ६ ओबीडी टू सिंगल सिट भेरियन्ट मोटरसाइकल बिक्री सुरु गरेको हो ।
कम्पनीले नयाँ भेरियन्ट एक्स्ट्रीम १२५ आरको मूल्य पुरानोकोभन्दा ४ हजार रुपैयाँ बढी राखेर बिक्री थालेको हो । कम्पनीले नयाँ भेरियन्टको मूल्य ३ लाख २२ हजार ९०० रुपैयाँ तोकेको छ । पुरानो भेरियन्ट एक्स्ट्रीम १२५ आरको मूल्य ३ लाख १८ हजार ९०० रुपैयाँ छ ।
नयाँ एक्स्ट्रीम १२५ आरमा १२४.७ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, फोर स्ट्रोक, एफआइ इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १०.५ पीएस पावर र ११.५५ एनएम टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ५ स्पीडको गियरबक्स छ ।
९५ किलोमिटर प्रतिघण्टा टप स्पीड रहेको यस मोटरसाइकलमा १० लिटरको फ्युल ट्याकं छ । यसले १ लिटर पेट्रोलबाट ६६ किलोमिटरसम्मको माइलेज दिने छ ।
नेकेड स्पोर्ट र कम्प्युटर सेग्मेन्टमा आधारित यस मोटरसाइकल डाइमण्ड फ्रेममा निर्माण भएको हो ।
यसमा पूरा एलईडी लाइट सिस्टम, पूरा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, आइथ्रीएस टेक्नोलोजी, किक र सेल्फ स्टार्ट, चेन ड्राइभ, अगाडि डिस्क र पछाडि ड्रमब्रेक, सिंगल च्यानल एबीएस, ट्युबलेस टायर, अलोय ह्वील लगायत फिचरहरू पाउन सकिन्छ ।

