एसयूभी डिजाइनमा इग्निस फेसलिफ्ट, नेपाल आयो तीन भेरियन्ट (मूल्यसहित)

काठमाडौं । मारुती सुजुकीको प्रिमियम सेल्स च्यानल सिजी/नेक्स्ट जेनले न्यू इग्निस फेसलिफ्ट सार्वजनिक गरेको छ । नयाँ इग्निसको फ्रन्ट ग्रिल एसयूभीको डिजाइन, फराकिलो र जबरजस्त पछिल्लो भाग तथा उच्च सिटिङ प्लेसमेन्ट सहित बजारमा आएको हो ।

फेसलिफ्ट इग्निसमा स्पोइलर र रुफरेल थप भएकाले यसलाई निकै बल्की एसयूभीको अनुभव गर्न सकिन्छ । उच्च ग्राउन्ड क्लियरेन्सको संयोजनले न्यू इग्निसलाई एउटा परिपूर्ण कम्प्याक्ट अर्बन एसयूभी बनाएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीले विभिन्न तीन भेरियन्टमा नेपाल ल्याएको इग्निस डेल्टा भेरियन्टको ३१ लाख ४९ हजार, जेट्टा भेरियन्टको ३४ लाख ४९ हजार र अल्फा भेरियन्टको ३७ लाख ४९ हजार रुपैयाँ मूल्य रहेको छ ।

न्यू इग्निसमा १.२ लिटर बिएस ६ प्रदुषण मापदण्ड अनुसारको पेट्रोल इन्जिन उपलब्ध रहेको छ । न्यू इग्निसको विशिष्ट डिजाइनलाई एसयूभी डिजाइनका तत्वहरु समावेश गरेर सशक्त बनाइएको छ । अंग्रेजी अक्षर यू–आकारको आकृति र बम्परमा फैलिएको बोल्ड स्किड प्लेटसहितको फ्रन्ट ग्रिलले यसलाई उत्कृष्ट देखाएको छ । एलइडी प्रोजेक्टर हेडल्याम्पले न्यू इग्निसमा देखिने भव्यतालाई अझ बढी प्रस्ट पारेको छ ।

न्यू इग्निसको फराकिलो क्याबिनमा विशिष्ट डुअल टोन आइभोरी इन्टेरियर सिट फेब्रिक र नयाँ आधुनिक ढाँचा देख्न पाइन्छ । ड्यासबोर्डको विशिष्ट लिनियर डिजाइनले क्याबिनमा प्रशस्त खुला ठाउँको अनुभूति दिलाउँछ ।

नयाँ इग्निसमा सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्ट्रेन्थ सिस्टम र इबीडीसहितको एबीएस रहेको छ ।

हार्टटेक्ट प्ल्याटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ इग्निसमा फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ ।


Back_to_top