काठमाडौं । एथर रिज्टाको सस्तो भेरियन्ट नेपालमा बिक्री सुरू हुने भएको छ । कम्पनीले ‘एथर रिज्टा एस’ भेरियन्ट नेपाली बजारमा मार्च २७ (चैत्र १३) देखि बिक्री सुरू हुने भएको हो ।
एथर इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता बैद्य्ज ग्रुप अन्र्तगतको बैद्य्ज इनर्जीले ३ लाखभन्दा कम मूल्यमै एथर रिज्टा ल्याउने भएको हो ।
कम्पनीले २७ मार्चमा सार्वजनिक गर्ने रिज्टाको बुकिङ भने खुला गरेको छ । कम्पनीका अनुसार मात्र ९९९ रुपैयाँमा रिज्टा एस भेरियन्टको बुकिङ गर्न सकिन्छ ।
यसमा २.९ किलोवाट ब्याट्री उपलब्ध छ । यो स्कुटरले एक पटकको फुल चार्जमा १०५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, टर्न बाई टर्न नेभिगेसन, गुगल म्याप नेभिगेसन, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, ३४ लिटर अन्डर सिट स्टोरेज, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ । यसमा रिज्टा जेड भेरियन्टमा जस्तो टच स्क्रीन भने उपलब्ध छैन् ।
यो स्कुटरले बजाज चेतक तथा टीभीएस आइक्यूव जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

