प्रोजेक्टर हेडल्याम्प र सनरुफसहित नेक्सन फेसलिफ्ट नेपालमा, यस्तो छ नयाँ मूल्य

काठमाडौं । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेक्सन फेसलिफ्ट नेपाल ल्याएको छ । फेब्रुअरी १४ बाट प्रि–बुकिङ खुल्ला भएको नेक्सन फेसलिफ्ट नेपाल आएको हो ।

कम्पनीले अहिले शोरुममा राखेको नयाँ नेक्सनको एक्सएमएस भेरियन्ट हो । यो भेरियन्टमा सनरुफ भएकाले यसलाई एक्सएमएस भेरियन्टको नाम दिइएको हो । सिप्रदी ट्रेडिङले एक्सएमएस भेरियन्टको मूल्य ४३ लाख ५५ हजार रुपैयाँ तोकेर विक्री सुरु गरेको छ ।

‘नेक्सनको सबै भेरियन्ट नेपाल आउन अझै केहि दिन लाग्छ । अहिले एक्सएमएस भेरियन्ट आइपुगेको छ’, सिप्रदी स्रोतले मेरोअटोसँग भन्यो ।

टाटा नेक्सन कम्पनीको सर्वाधिक विक्री हुने मोडल हो । यस्तोमा नयाँ नेक्सनमा केहि इन्टेरियर र एक्सटेरियर परिमार्जन सहित बजारमा ल्याएको छ । नयाँ नेक्सन बीएस ६ इन्जिनको साथ नेपाल आएको हो ।

कम्पनीले अहिले ल्याएको एक्सएमएस भेरियन्टमा ट्राइ एरो एलइडी डेटाइम रनिङ लाइटको साथमा प्रोजेक्टर हेडल्याम, सिग्नेचर एलइडी टेलल्याम्प, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, दुई एयरव्याग, इबीडी सहितको एबीएस, इलेक्ट्रीक स्टेविलिटी प्रोग्राम, ट्रायाक्सन कन्ट्रोल, हाइड्रोलिक ब्रेक एसिस्ट, हिल होल्ड कन्ट्रोल, मल्टी ड्राइभ मोड जस्ता फिचर उपलब्ध रहेका छन् ।

यसको अलावा एक्सएमएस भेरियन्टमा चारवटा हर्मनको स्पीकर, ३.५ इन्चको कनेक्ट नेक्सट इन्फोटेन्टमेन्ट सिस्टम, व्ल्यूटुथ कनेक्टीभीटी, अटोफोल्ड ओआरभीएम, रुफरेल, ह्वील कभर, फलो मि होमल्याम्प, पावर विन्डो जस्ता फिचर पाउन सकिन्छ ।

ग्लोवल एनक्याप क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाएको नेक्सन थप ५ भेरियन्टमा नेपाल आउने कम्पनीले जनाएको छ । जसमा एक्सई, एक्सएम, एक्सजेड, एक्सजेड प्लस र एक्सजेडएस भेरियन्टमा उपलब्ध रहने छ ।

अहिले पेट्रोल इन्जिनमा मात्रै नयाँ नेक्सन नेपालमा विक्री हुने छ । यसमा दिइएको १.२ लिटर टर्बोचार्ज्ड रेभोर्टन इन्जिनले अधिकतम ५५०० आरपीएममा १२० पीएस पावर र १७५० देखि ४००० आरपीएममा १७० एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड क्षमताको म्यानुयल र एएमटी गियरबक्स उपलब्ध रहने छ ।


Back_to_top