काठमाडौं । निसान मोटर्सले पछिल्लो सयम भारतीय बजारमा सार्वजनिक गरेको निशान किक्स नेपाली बजारमा बिक्री वितरण सुरु हुने भएको छ । निसानको लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटाेकर्प किक्सलाई फागुन ५ गतेबाट आधिकारीक रुपमा नेपाली बजारमा विक्री वितरण सुरु गर्ने जनाएको छ ।
गत जनवरी २२ मा भारतीय बजारमा सार्वजनिक भएको किक्स त्यसको एक महिनापनि नहुँदै नेपाली बजारमा प्रबेश गर्न लागेको हो ।
यसको टप भेरियन्टमा साइड–एयरव्याग, ईएसपी र हिल–स्टार्ट असिस्टको फिचर पनि रहनेछ ।
निसानले निकै राम्रो बजार पाउने अपेक्षा गरेको यो एसयूभीको भारतीय बजारमा सुरुवाति मूल्य (एक्स शोरुम) ९ लाख ५५ हजार तोकिएको छ भने टप भेरियन्टको मूल्य भने १४ लाख ६५ हजार रुपैयाँ तोकेको छ ।
कम्पनीले भारतीय बजारमा सुरुवाति महिनामा नै १३७० युनिट बिक्री गर्दै सफल इन्ट्री गरेको विष्लेषण गरिएको छ ।

डिजेल र पेट्रोल दुबै अप्सनमा उपलब्ध रहने किक्समा १.५ लिटरको इन्जिन लगाइएको छ । यसमा दिइएको १४९८ सीसी क्षमता पेट्रोल इन्जिनले १०६ पीएस पावर र १४२ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ११० पीएस पावर र २४० एनएम टर्क जेनेरेट गर्छ ।
किक्सको पेट्रोल भेरियन्टले १४ किलोमिटर र डिजेल भेरियन्टले २० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।
किक्समा स्ट्यान्डर्ड फिचरको रुपमा सबै भेरियन्टमा ड्यूल फ्रन्ट एयरव्याग, ईबीडीसहितको एबीएस, आईएसओफिक्स चाइल्ड सिट माउन्ट रहनेछ । यसको टप भेरियन्टमा साइड–एयरव्याग, ईएसपी र हिल–स्टार्ट असिस्टको फिचर पनि रहनेछ ।
किक्समा सेग्मेन्टमै पहिलोपटक ३६० डिग्री क्यामराको फिचर रहेको छ, जसलाइ टप भेरियन्लेटमा मात्र दिइएको छ । निसान किक्सको अन्य फिचरहरूमा एलईडी प्रोजेक्टर हेडल्याम्प, रेन्सेन्सिङ्ग वाइपर, कुल्ड र इलूमिनेटेड ग्लोभ–बक्स, क्रूज कन्ट्रोल र ८ इन्चको एन्ड्रोइड अटो तथा एप्पल कार–प्ले सपोर्ट गर्ने इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।
नेपाली बजारमा यसको मूल्य कति पर्छ भन्ने विषयमा कुनै जानकारी कम्पनीले दिएको छैन ।

