काठमाडौं । आर्थिक संकटसँग जुधिरहेको निसान मोटर्सले आफ्नो पहिलो इलेक्ट्रीक कार लिफको नयाँ जेनेरेशन मोडल आगामी महिनाबाट बिक्री सुरु गर्ने भएको छ । निसान लिफ अमेरिकी बजारमा निकै ठूलो गेमचेन्जर हुने मिडियाहरुले दावी गरिरहेका छन् ।

नेपाली बजारमा पनि निसानले सन् २०२२ मा लिफ इलेक्ट्रीक ल्याएको थियो । अहिले भने उक्त कार बिक्रीको लागि उपलब्ध छैन । सम्भवत नयाँ जेनेरेसन लिफ नेपाल पनि आउने छ ।
निसानले लिफलाई क्रसओभर एसयूभी डिजाइनमा बजारमा ल्याउने छ । जसको सिधा प्रतिस्पर्धा टेस्लासँग हुने अनुमान छ । नयाँ लिफ मूल्यको हिसावले पनि राम्रो हुने देखिन्छ । अमेरिकामा ३१ हजार ४८५ डलर मूल्य कायम गरेर बिक्री सुरु गर्न लागिएको हो । जुन मूल्य टेस्ला मोडल थ्रीभन्दा सस्तो मान्न सकिन्छ ।
नयाँ लिफमा ७५ किलोवाट आवर क्षमताको ठूलो ब्याट्री रहने छ । जसलाई १० देखि ८० प्रतिशतसम्म ३५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दावी छ । साथै १६० किलोवाट क्षमताको मोटर रहेको कारको सानो ब्याट्री भर्सन पनि आउने छ । केही ढिलोगरी बजारमा आउने नयाँ भर्सनमा ५२ किलोवाट आवरको ब्याट्री रहने छ ।

सिंगल चार्जमा ५०० किलोमिटर माथिको रेन्ज, क्रसओभर डिजाइन, थुप्रै नयाँ टेक फिचरको कारण यसको चर्चा चुलिएको हो ।







