काठमाडौं । दैनिक ९९९ रुपैयाँ किस्ता तिर्नेगरी निसानको एसयूभी म्याग्नाइट किन्न पाइने भएको छ । निसानको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले नयाँ वर्ष अफर अन्तर्गत दैनिक एक हजारभन्दा कम तिर्दा म्याग्नाइट एसयूभी किन्न पाइने भएको हो ।
कम्पनीले नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै ग्राहकलाई १ लाख रुपैयाँसम्म नगद छुट, २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको लागि बीमा र एक वर्षको सवारी कर दिने भएको हो ।
निसान म्याग्नाइट ड्राइभर र प्यासेन्जरको कम्फर्टलाई पनि विशेष ध्यान दिएर तयार भएको मोडल हो । ठूलो टचस्क्रीन इन्फोटेन्मेन्ट डिस्प्ले तथा इन्ट्रुमेन्ट क्लस्टर रहेको एसयूभीमा वायरलेस फोन चार्जिङ प्याड, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, कनेक्टेड कार टेक, रेन सेन्सीङ वाइपर, फ्रन्ट भेन्टीलेटेड सिट, प्रिमियम साउन्ड सिस्टम, सिंगल प्यानल सनरुफ पाउन सकिन्छ ।
म्याग्नाइट फेसलिफ्टमा ६ वटा एयरब्याग, इलेक्ट्रोनीक स्टेबिलिटी कन्ट्रोल, एबीएस, इबीडी, रियर क्यामरा पार्किङ सेन्सर, ३६० डिग्री अराउण्ड भ्यू मोनिटर, हिल असिस्ट, ट्रयाक्सन कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम रहनेछ ।
निसानको फेसलिफ्ट म्याग्नाइटमा १.० लिटरको टर्बो पेट्रोल इन्जिन र नेचुरल एस्पिरेटेड इन्जिनलाई निरन्तरता दिइएको छ । उक्त इन्जिनले क्रमशः १०० हर्स पावर र ७२ हर्सपावर इनर्जी प्रदान गर्छ । नयाँ म्याग्नाइटमा गियरबक्स पनि पुरानै ५ स्पीड म्यानुअल, एएमटी र सीभीटी अप्सन रहने छ ।

