काठमाडौं । यामाहाको आधिकारिक वितरक एमडब्ल्यु इन्टरप्राइजेले नेपाली बजारमा नयाँ स्कुटर पुस महिनाको अन्त्यसम्ममा सार्वजनिक गर्ने भएको छ । यो स्कुटरको मूल्य बजारमा झन्डै पाँच लाख रुपैयाँ हाराहारी पर्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।
यस स्कुटरमा १५५ सीसी लिक्वीड कुल्ड फ्युल इन्जेक्टेड इन्जिन लगाइएको छ । कम्पनीले आर १५ भी ३.० र एरोक्स १५५ मा पनि यहि इन्जिन लगाएको छ । यस इन्जिनले १५.०९ पीएस र १४.४ एनएम टर्क पावर उत्पादन गर्छ ।
यसमा पनि स्मार्ट की को विशेषता दिइएको छ । स्कुटरमा नयाँ यूनिटको इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ भने, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा ट्वीन ग्यास चार्ज्ड सक दिइएको छ ।
यो मोडलमा ६.६ लिटर फ्युल क्षमताको ट्यांकी लगाइएको यो स्कुटरमा डिजिटल स्पीडोमिटर, डिजिटल टेकोमिटर जस्ता विशेषता दिइएको छ । यसको लम्बाइ १९५५ एमएम, चौडाई ७४० एमएम, १११५ एमएम उचाइ रहेको छ भने यसमा १३५ एमएम ग्राउन्ड क्लियरेन्स र १३५० एमएमको ह्वीलवेश रहेको छ ।
१२७ किलोग्रामको यो स्कुटरमा एलइडी हेडलाइट, एलइडी टेललाइट, बल्ब टर्न सिंग्नल ल्याम्प, ट्युबलेस टायर र अलोय ह्वीलको विशेषता प्रदान गरिएको छ ।

