काठमाडौं । एनएमबी बैंकले इलेक्ट्रीक सवारीसाधनमा कर्जा प्रबाह गर्ने नयाँ ई–अटो कर्जाको सुरुवात गरेको छ ।
‘प्रदुषण बिरुद्धको सुरुवात’ ट्याग लाइनमा ई अटो कर्जाको स्किम ल्याएको कम्पनीले ८० प्रतिशतसम्म अटो लोन दिने उल्लेख गरेको छ । कम्पनीले ल्याएको अफरमा वेस रेटमा नै अटो लोन दिने उल्लेख गरेको छ । बैंकको वेस रेट १०.७१ प्रतिशत रहेको छ ।
अग्रिम भुक्तानी शुल्क कुनै नलाग्ने तथा न्यूनतम सेवा शुल्क लिने उल्लेख गरेको बैंकले अन्य जानकारीको लागि बैंकको शाखामा बुझ्न भनेको छ ।
के छ सरकारको नीतिगत ब्यवस्था ?
बैंकले निकालेको कर्जाको ब्याजदर वेसरेट बराबर भनेको छ । तर, नेपाल राष्ट्र बैंकले इक्ट्रीक सवारीसाधनमा जाने कर्जालाई विपन्न बर्ग कर्जामा जोड्न पाउने नीतिगत ब्यवस्था गरेको छ । यसरी हेर्दा बैंकले निकालेको ब्याजदर धेरै हुन्छ ।
तर, राष्ट्र बैंककै आधार ब्याजदर भन्दा कम दरमा कर्जा दिन नपाउने ब्यवस्थालाई टेकेर बैंकले आधार ब्याजदर अनुसार ब्याजदर हुने जनाएको छ ।

