काठमाडौं । युवावर्गमा लोकप्रिय रहेको बजाज पल्सर एनएस २०० को एबीएस भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालमा चर्चित नेकेड बाइक एनएस २०० एबीएस बहुप्रतिक्षित मोटरसाइकलको रुपमा रहेको थियो ।
बजाजले काठमाडौंको भृकुटीमन्डपमा आयोजना गरिरहेको ‘बजाज ग्राण्ड एक्सचेन्ज’ मोलामा यसको प्रदर्शनी गरेको थियो ।
एबीएस सहितको नयाँ पल्सर एनएस २०० को मूल्य ३ लाख ३४ हजार ९०० रुपैया तोकिएको छ ।
२०० सीसी नेकेड रोडस्टर मोटरसाइकल एनएस २०० उच्च प्रदुषण मापदन्ड अनुसारको रहेको कम्पनीले जनाएको छ ।
यसमा रहेको २०० सीसी सिगंल सिलिन्डर इन्जिनले ९ हजार ७५० आरपीएममा २३.१७ बीएचपी पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स रहेको छ ।
फुल एलइडी हेडलाइट र सेमि–डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलको विशेषता प्रदान गरिएको बाइकमा एनालग टेकोमिटर जस्ता विशेषता दिइएको छ ।
यो मोटरसाइकलको प्रतिस्पर्धा यामाहा एफजी २५, अपाचे आरटीआर २०० ४ भी जस्ता मोटरसाइकलसँग हुने छ ।


