बानेश्वर र कोटेश्वरमा आकाशे पुल निर्माण यहि महिना सुरु हुने

काठमाडौं । बानेश्वर र कोटेश्वरमा ओभरहेड ब्रिज (आकाशे पुल) निर्माणका लागि टेन्डर प्रकृया पुरा भएको छ । आकासे पुल निर्माणको लागि एउटा मात्रै ठेकेदार कम्पनी बोपलपत्रमा सहभागी भएको थियो । 

एक मात्र कम्पनीको आबेदनपरेपछि प्राकृतिक एन्ड पवन जेभी नामक कम्पनीलाई आकाशे पुल निर्माण गर्ने ठेक्का दिइएको उपत्यका सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । 

ठेक्का लिएको दिनदेखि ९ महिनाभित्र आकाशे पुल निर्माण गरिसक्नु पर्ने सम्झौँतामा उल्लेख गरिएको छ । सम्झौँता भएको ७ देखि १० दिनमा उक्त ठेकेदारले काम सुरु गर्ने जनाएको छ ।

आकाशे वैशाख भित्रै सुरु भए माघ महिनाको अन्त्यमसम्ममा सम्पन्न हुनुपर्ने देखिन्छ । बानेश्वरको पुलका लागि अनुमानित रकम ३ करोड ५२ लाख रुपैयाँ रहेको छ भने, कोटेश्वरमा निर्माण हुने आकाशे पुलको लागि २ करोड ९० लाख रुपैयाँ खर्च हुने विभाग स्रोतले जानकारी दिएको छ । 


Back_to_top